नवान्न अभियानमा फेरि सल्कियो झिल्को, योग्य बेरोजगार शिक्षकहरू पुलिससित भिड़िए
नवान्न अभियानमा फेरि सल्कियो झिल्को, योग्य बेरोजगार शिक्षकहरू पुलिससित भिड़िए


-18 जनाले पाए सचिवालय जाने अनुमति-पत्र

हावड़ा, 14 जुलाई (हि.स)। पश्चिम बंगालमा शिक्षक नियुक्ति घोटालाबाट प्रभावित ‘योग्य’ बेरोजगार शिक्षक-शिक्षिकाहरूको नवान्न अभियानको कारणले सोमवार हावड़ाको स्थिति तनाउपूर्ण रह्यो। मल्लिक फाटकमा पुलिसद्वारा ऱ्यालीलाई रोक्ने चेष्टा गरिँदा प्रदर्शनकारीहरू र पुलिसमाझ झड़प अनि धक्का-मुक्का भयो। स्थितिलाई मध्यनजर गर्दै प्रशासनले पछि 18 जना प्रदर्शनकारीहरूलाई मुख्यसचिवसित बातचित गर्नका लागि नवान्नमा जाने अनुमति दियो।

प्रदर्शनकारी शिक्षकहरूको माग छ, उनीहरूलाई मुख्यमन्त्री ममता ब्यनर्जीसित प्रत्यक्ष बातचित गर्ने अवसर दिइयोस्। यसै उदेश्यले उनीहरूले यस आन्दोलनको योजना बनाएका थिए। तथापि प्रशासनद्वारा पहिला नै स्पष्ट पारिएको थियो, मुख्यमन्त्रीसित सोझो सम्वाद सम्भव छैन। तर पनि शिक्षकहरूले ऱ्याली निकाल्ने फसेला गरे अनि नवान्न मार्चको आह्वान गरे।

नवान्न अभियानलाई लिएर प्रशासनले पहिलाबाटै सुरक्षाको पुख्ता व्यवस्था गरेको थियो। बंगवासी मोड़, रामकृष्णपुर घाट गेट, काजीपाड़ा मोड़ औ सन्तरागाछी मोड़ जस्ता शहरका प्रमुख चौरस्ताहरूमा फलामको ब्यारिकेड्स लगाएको थियो भने नवान्न वरिपरीका क्षेत्रहरू जस्तै शिबपुर, मन्दिरतला र बेलेपोलमा सानो गार्डरेल र सीसीटीभी क्यामरा जड़ान गरिएको थियो। हरेकमुख्य बिन्दुमा 25 हाई-रेजोल्युशन क्यामरा अनि ऱ्यापिड एक्शन फोर्सलाई तैनाथ गरिएको थियो। साथै दुईवटा वाटर क्याननलाई पनि स्ट्याण्डबायमा राखिएको थियो। लगभग दुई हजार अतिरिक्त पुलिसकर्मीलाई विभिन्न कमिश्नरेटबाट बोलाइएको थियो।

ऱ्यालीलाई रोक्ने क्रममा पुलिसकर्मीले बारम्बार माइकिंग गरेर नियमलाई भंग नगर्ने अपील गरिरहेको थियो, तर प्रदर्शनकारीहरूले ब्यारिकेड्सलाई भत्काउने चेष्टा गरे जसबाट झड़पको स्थिति उत्पन्न भयो। पुलिस अनि प्रदर्शनकारीहरूबीच हल्का धक्का-मुक्का भयो। अन्ततः स्थितिलाई नियन्त्रण गर्नको लागि प्रशासनले 18जना प्रतिनिधिहरूलाी सचिवालयमा जाने अऩुमति दियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande