इटानगर, 14 जुलाई (हि.स.)। अरुणाचल प्रदेशको रिगा गाउँका केही मानिसहरूले सियांग जल परियोजनाको लागि पूर्व फाइलगिब्टी रिपोर्ट (पीएफआर)- को समर्थनमा केही दिनअघि राज्य सरकारसित सम्झौता ज्ञापन (एमओयू)-मा हस्ताक्षर गरेका थिए। उक्त सम्झौता ज्ञापनको विरोधमा आज अप्पर सियांग जिल्लाको गोकुमा एउटा विशाल ऱ्याली निकालियो।
यो ऱ्याली सियांग स्वदेशी किसान मञ्च (एसआईएफएफ) र आदि छात्र संघ (एएसयू)- को मार्गदर्शनमा आयोजना गरिएको थियो जसमा विभिन्न बाँध प्रभावित परिवारहरूका सयकड़ौं मानिसहरू, सामुदायिक नेता तथा विद्यार्थी संगठनहरू सहभागी भएका थिए।
ऱ्याली अवधि बोल्दै आदि छात्र संघ (एएसयू)- का अध्यक्ष जिरबो जामोहले रिगा गाउँका मानिसहरू र राज्य सरकारबीच केही दिनपूर्व हस्ताक्षरित सम्झौता ज्ञापनमाथि कड़ा आपत्ति जनाए। उनले दाबी गरे, रिगा गाउँका दुई हजारभन्दा अधिक जनसंख्यामध्ये 17 जनाले मात्र यसमा हस्ताक्षर गरेका छन्। जामोहले भने, यसलाई समुदायको सामूहिक निर्णय मान्न सकिँदैन।
रिगा गाउँ, पञ्चायत राज मन्त्री ओजिंग तासिंगको पैतृक गाउँ हो। जामोहले आरोप लगाए, परियोजनालाई अगाड़ि बढ़ाउनको लागि राज्य सरकारलाई झुटो रिपोर्ट सुम्पििएको थियो।
बढ़्दो जन असन्तोषलाई मध्यनजर गर्दै रिगा गाउँको सर्वोच्च निर्णय लिने संस्था हम्बस हिरम बाने केबांगले गए राती एक आपतकालीन बैठक गऱ्यो अनि आधिकारिक रूपमा सम्झौता ज्ञापनलाई अस्वीकार गऱ्यो।
जामोहले निर्वाचित प्रतिनिधिहरूसित स्थितिमाथि ध्यान दिने अनि मानिसहरूको वास्तविक भावना र चिन्ताहरूसित राज्यसरकारलाई अवगत गराउने आग्रह गरे।
उनले भने, यो आवश्यक छ कि हामीले कुनै पनि भ्रामक रिपोर्टलाई बेवास्ता नगरौं जुन सोझै रूपमा प्रभावित मानिसहरूको वास्तविकतालाई अदेखा गर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा