कोलकाता, 14 जुलाई (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले सोमवार बिहान सम्पूर्ण राज्यवासीलाई वन महोत्सवको शुभकामना दिइन्। उनले यस अवसरमा एक प्रेरणआदायी सन्देश दिँदै लेखिन्, “सबुज बचाओ, सबुज देखाओ, साबुजेर माझे, विवेक जागाओ (हरियाली बचाऔं, हरियाली देखाऔं, हरियालीबीच विवेक जगाऔं)।” मुख्यमन्त्रीले सोशल मीडियाको माध्यमबाट यो सन्देश साझा गर्दै सबैलाई वन महोत्सवको हार्दिक शुभकामना दिइन्।
सोमवारदेखि सम्पूर्ण पश्चिम बंगाल राज्यमा वन महोत्सवको भव्य आयोजन शुरू भएको छ। आगामी सात दिनसम्म राज्यभरि नै एकसाथ बिरूवा वितरण अनि वृक्षरोपण कार्यक्रम आयोजना गरिनेछ। यस अभियान अन्तर्गत आम नागरिकहरूदेखि लिएर स्कूल, कलेज, स्थानीय निकाय, प्रशासनिक विभाग सहित सबैलाई यसमा सहभागी बन्नका लागि प्रेरित गरिँदैछ।
मुख्यमन्त्री ममता ब्यनर्जीद्वारा साझा गरिएको चार मिनटको एउटा भीडियोमा पनि वन महोत्सवको महत्वलाई दर्शाइएको छ। यस भीडियोको माध्यमबाट मानिसहरूसित अपील गरिएको छ, पर्यावरणको रक्षाको लागि उनीहरू अगाड़ि आउन् र अधिकभन्दा अधिक बोट-बिरूवा रोपुन् ताकि आगामी पिँढ़ीलाई एक स्वस्थ अनि हरियाली भविष्य प्राप्त हुन सकोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा