निजी छात्रावासमा युवतीको जलेर मृत्यु
निजी छात्रावासमा युवतीको जलेर मृत्यु


प्रयागराज, 27 जुलाई (हि.स.)। जर्जटाउन थाना क्षेत्रको टैगोर टाउन स्थित एक निजी छात्रावासमा शनिवार राति एक युवतीको संदिग्ध परिस्थितिमा आगोमा जलेर मृत्यु भयो। सूचना पाएर घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ। पुलिसको भनाई छ, सम्भवतः युवतीले आगो लगाएर आत्महत्या गरेकी हो। तरैपनि मृत्युको स्पष्ट कारण जान्न पोस्टमार्टम गराइँदैछ।

पुलिस उपायुक्त नगर अभिषेक भारतीले बताए, प्रयागराजको फाफामऊ थाना क्षेत्रको पुराना फाफामऊ निवासी गरिमा मौर्या 26 वर्ष पुत्री ओमप्रकाश मौर्य जार्जटाउन थाना क्षेत्रमा टैगोर टाउन स्थित एक निजी छात्रावासमा कमरा लिएर बस्थिन्। शनिवार अबेर राति पुलिसलाई सूचना दिइयो कि एक युवतीले कमराभित्र आगो लगाएर आत्महत्या गरिन्। यस सूचनापछि घटनास्थलमा पुगेको पुलिस टीमले शवलाई आफ्नो कब्जामा लिएर जाँच शुरू गरेको छ। पुलिसले यस सम्बन्धमा मृतकाको परिवारलाई सूचना दियो। परिजनहरू पनि त्यहाँ पुगे।

पुलिसले शवलाई कब्जामा लिएर पोस्टमार्टमको निम्ति पठायो। पुलिसको भनाई छ, मृत्युको स्पष्ट कारण जान्न पोस्टमार्टम गराइनेछ। परिजनहरूले अहिलेसम्म कुनै शिकायत दिएका छैनन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande