- पेगोङ स्पोर्टिङ क्लब र नाइट्स एससी विजयी
गान्तोक, 27 जुलाई (हि.स.)। सिक्किम फुटबल एसोसिएशन (एसएफए) को तत्वावधानमा आइतवारदेखि राजधानीको पाल्जोर स्टेडियममा एसएफए 'सी' डिभिजन एस-लीग शुरू भएको छ। प्रतियोगिताको शुरुवात पद्मश्रीले सम्मानित स्वर्गीय जीएस लामाप्रति श्रद्धाञ्जली अर्पणका साथ गरियो। उनको निधन यसै वर्ष गत 12 जुलाईको दिन भएको थियो।
एसएफए अनुसार, पहिलो दिन आज दुईवटा म्याच सम्पन्न भए। पहिलो खेल पेगोङ स्पोर्टिङ क्लब बनाम सिक्किम ड्र्यागन्स एससीबीच सम्पन्न भयो, जसमा पेगोङले प्रतिद्वन्दी दललाई 4-0 गोलले पराजित गऱ्यो। पेगोङ स्पोर्टिङ क्लबले आफ्नो उत्कृष्ट प्रदर्शनको बलमा प्रतिद्वन्दी दलमाथि निरन्तर दबाउ बनाइराख्यो।
विजयी दलको तर्फबाट जर्सी नम्बर 7 राप्गे लेप्चाले ह्याट्रिक गरे। उनले 19औं, 20औं र 21औं मिनटमा गोल गरेका थिए। यसरी नै जर्सी नम्बर 16 एडोन लेप्चाले 89औं मिनटमा एक गोल गरे। अर्कोतिर, प्रतिद्वन्दी दल सिक्किम ड्र्यागन्स एससीले एउटै पनि गोल गर्न सकेन।
प्रतियोगिताको दोस्रो म्याच युनाइटेड बोझोघारी एफसी र नाइट्स एससीबीच सम्पन्न भयो, जसमा नाइट्स एससीले प्रतिद्वन्दी दललाई 7-1 गोलले पराजित गऱ्यो। म्याचको पहिलो गोल नाइट्स एससीले गरे तापनि बाझोघारी एफसीले तत्काल एक गोल गरेर खेल बराबर गरेको थियो। तर, नाइट्स एससीले छिट्टै खेललाई आफ्नो नियन्त्रणमा लियो। बाझोघारीको तर्फबाट पहिलो गोल जर्सी नम्बर 7 निन्डा साङ्गे भोटियाले 36औं मिनटमा गरेको थियो।
नाइट्स एसीको तर्फबाट जर्सी नम्बर 8 साहिल लिम्बूले ह्याट्रिक गरे। उनले 11औं, 47औं र 53औं मिनटमा उक्त गोल गरेका थिए। यसरी नै जर्सी नम्बर 17 टेन्डन लेप्चाले पनि ह्याट्रिक गरे। उनले 17औं, 45+2औं र 51औं मिन्टमा गोल गरे। सातौं गोल जर्सी नम्बर 77 बिशाल शर्माले खेलको 89औं मिनटमा गरेका थिए।
हिन्दुस्थान समाचार / बिशाल