दार्जिलिङ, 27 जुलाई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङले आगामी दिसम्बर महिलाभित्र केही नभए राजनीतिक विकल्प सोच्न बाध्य हुने केन्द्रमा सत्तारूढ दल भाजपालाई अपरोक्ष होशियारी गराएका छन्। जनतालाई धेरै लामो ढाँटेर काम गर्न नसकिने उनको भनाइ छ। न्याय दिनुको सट्टा 2026 को चुनाउ हेरेर गरिने भाजपाको राजनीति अब नसहने गुरूङले प्रष्ट गराएका छन्।
दार्जिलिङको गोदुनिस भवनमा आयोजित शहीद दिवस समारोहपछि पत्रकारहरुलाई सम्बोधन गर्दै गोजमुमो अध्यक्ष विमल गुरुङले अर्कोतिर पृथक उत्तर बङ्गाल गठनलाई गोर्खालगायत विभिन्न जात समुदायको चाहना भनी केन्द्र सरकारले बुझ्न पर्ने यो कुरोलाई ध्यानमा राख्दै पहाड तराइ डुवर्स एकता मञ्चको अवधारणा थालनी गरिएको मत व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / हनोक