मालुटार चियाबारीमा शहीद दिवस समारोह सम्पन्न
मालुटार चियाबारीमा शहीद दिवस समारोह सम्पन्न


खरसाङ, 27 जुलाई (हि.स.)। तीनधारे महानदी समष्टिको मालुटार चियाबारीस्थित पाङ्ग्रेखोलामा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा शहीद दिवस पालन गरियो। उक्त शहीद दिवस कार्यक्रम मालुटार खण्ड समितिकस सभापति नरेश राईको अध्यक्षतामा सम्पन्न भयो।

मालुटार चियाबारीको पाङ्ग्रेखोलामा अवस्थित यस क्षेत्रका शहीद गोबिन रसाइलीको शहीद वेदीमा श्रद्धाञ्जली अर्पण कार्यक्रम सम्पन्न गरियो। कार्यक्रममा शहीदका परिवारहरुलाई सम्मान जनाइयो। शहीद गोबिन रसाइलीको परिवार हालमा दिलराम क्षेत्रमा बस्ने भएकाले कार्यक्रममा सिपाहीधुराका शहीद मणिकुमार थापाकी पत्नी विष्णु थापालाई सम्मान जनाइयो।

कार्यक्रममा शिवखोला ग्राम पञ्चायतका पञ्चायत प्रधान मोहनकुमार प्रधान र पञ्चायत समिति सदस्या अनिरा वाईबाले वक्तव्य राखेका थिए। मालुटार चियाबारीमा सम्भवतः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको आयोजनामा पहिलोपल्ट शहीद दिवस समारोह पालन गरिएको जानकारी प्राप्त भएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande