गान्तोक, 27 जुलाई (हि.स.)। भारत सरकारको रक्षा मन्त्रालय अधीनस्थ भारत इलेक्ट्रनिक्स लिमिटेड (बीईएल) का अध्यक्ष एवं प्रबन्ध निदेशक मनोज जैनको नेतृत्वमा एक उच्चस्तरीय प्रतिनिधिमण्डलले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे। यस अवसरमा प्रदीप सी परमार, पूर्व राज्यसभा सांसद एवं बीईएलका स्वतन्त्र निदेशक पनि उपस्थित थिए भनी राजभवनले विज्ञप्तिमा जनाएको छ।
प्रतिनिधिमण्डलले राज्यपाललाई संस्थानका नयॉं पहलहरू, रक्षा प्रौद्योगिकीमा नवाचार, तकनीकी क्षमता र अपरेशन सिन्दूरको समयमा निर्वाह गरेको भूमिकाको बारेमा विस्तृत जानकारी दिए।
राज्यपालले राष्ट्र रक्षा एवं तकनीकी स्वावलम्बनको क्षेत्रमा बीईएलको भूमिकाको सराहना गरे। यसका साथै, उनले सिक्किमको हरित पर्यावरणीय पहल, महिला सशक्तिकरणमा राज्यको अग्रणी भूमिका र ट्राफिक नियमहरूप्रति अनुशासनबारे जानकारी गराए।
राज्यपालले यस क्रममा नथुला पासमा मेजर जनरल सगत सिंहको ऐतिहासिक भूमिकाबारे पनि प्रतिनिधिमण्डललाई अवगत गराए।
हिन्दुस्थान समाचार / बिशाल