कोलकाता, 03 जुलाई (हि. स.)। रथयात्रापछि अब उल्टारथ (फर्किने रथ)-मा पनि पश्चिम बंगाल सरकारले व्यापक स्वास्थ्य सुरक्षा व्यवस्था गर्ने घोषणा गरेको छ। राज्य सरकारले दिघामा आगामी 5 जुलाईको दिन हुने उल्टो रथयात्रा उत्सवको लागि एउटा एयर एम्बुलेन्स (हेलिकप्टर)-लाई स्ट्याण्डबायमा राख्ने निर्णय लिएको छ ताकि आपतकालीन स्थितिमा कुनै पनि श्रद्धालुलाई उपचारको निम्ति तुरून्त कोलकाता लैजान सकिोस्।
सरकारी सूत्र अनुसार 4 जुलाईको अपरान्हदेखि नै एयर एम्बुलेन्स सेवालाई स्ट्याण्डबायमा राखिनेछ। यसको निम्ति प्रयोग गरिने निजी कम्पनीको हेलिकप्टरलाई सूचना दिसकिएको छ। यो व्यवस्था गंगासागर मेलामा गरिने व्यवस्था जस्तै हुनेछ जहाँ जुट्ने श्रद्धालुहरूको विशाल संख्यालाई ध्यानमा राखेर विशेष स्वास्थ्य प्रबन्ध गरिन्छ।
यसपूर्व गत 25-देखि 28 जूनसम्म दिघामा आयोजित रथयात्रामा पनि राज्य सरकारले एयर एम्बुलेन्सको सेवा उपलब्ध गराएको थियो। किनभने यसपालि दिघा जगन्नाथ मन्दिरमा आयोजित रथयात्रामा ठूलो भीड़ उर्लिएको थियो, त्यसैले उक्त अनुभवको आधारमा उल्टारथमा पनि यो सुविधा दोहोराइँदैछ।
सरकारको मान्यता छ, भीड़भाड़ रहने यस्तो आयोजनहरूमा कुनै श्रद्धालुको स्वास्थ्य बिग्रिए तुरून्त मेडिकल हस्तक्षेप गर्न आवश्यक हुन्छ। यस अवस्थामा यदि कोलकाताको ठूलो अस्पतालमा कुनै रोगीलाई पुऱ्याउन परे एयर एम्बुलेन्सबाट समयको बचत हुनेछ र उपचार पनि राम्रो हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा