कोलकाता, 03 जुलाई (हि. स.)। बर्दवान मेडिकल कलेज एवं अस्पतालमा एक जना महिला जुनियर डाक्टरले आफ्नै सहकर्मी इन्टर्नमाथि यौन उत्पीड़नको गम्भीर आरोप लगाएकी छन्। यो घटना गत मंगलवारमा अस्पताल परिसरको अपरेशन थिएटरमा भएको हो। पीड़िताले बुधवार कलेजकी प्रिन्सिपल मौसुमी ब्यानर्जी समक्ष लिखित सिकायत दर्ता गराइन्।
महिला डाक्टरले आरोप लगाइन्, एक जना इन्टर्नले अस्पतालभित्र ओटीमा त्यसबेला अश्लील कृत्य गरे। मामिलाको सिकायत पाउनसाथ मेडिक कलेज प्रशासनले तुरून्त ‘जेण्डर ह्यारसमेन्ट सेल’-लाई घटनाको जानकारी दिएको छ।
कलेज प्राचार्यले बताए, शुक्रवार यस मामिलाई लिएर आन्तरिक बैठक डाकिएको छ जसमा विस्तृत जाँच अनि अग्रिम कारबाहीमाथि चर्चा गरिनेछ।
आरोप लागेका इन्टर्नले आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गरेका छन्। तिनको भनाइ छ, यो झुटो आरोप हो र उसलाई अकारण फसाइँदैछ।
अस्पताल प्रशासनको भनाइ छ, मामिलालाई गम्भीर रूपमा लिएर निष्पक्ष जाँचको प्रक्रिया शुरू गरिएको छ। कलेजको जेण्डर ह्यारसमेन्ट सेलको रिपोर्टको आधारमै अग्रिम कारबाही गरिनेछ।
कसबाकाण्डको पृष्ठभूमिमा यस किसिमको आरोप सामु आएपछि कलेज प्रशासन गम्भीर रूपमा मामिलाको जाँचमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा