कोलकाता, 03 जुलाई (हि. स.)। पश्चिम बंगालमा मनसुन फेरि एक पटक सक्रिय भएको छ फलस्वरूप बिहीवारदेखि राज्यभरि नै वर्षाको गतिविधि तीव्र हुने सम्भावना छ।
भारतीय मौसम विभाग अलिपुर केन्द्र र विभिन्न श्रोतहरू अनुसार बंगालका अधिकांश जिल्लाहरूमा सामान्यदेखि मध्यम वर्षा सहित कुनै-कुनै स्थानमा घना वर्षा अनि मेघ गर्जन सहित तीव्र हावा चल्ने चेताउनी जारी गरिएको छ। कोलकाता लगायत दक्षिण बंगालका जिल्लाहरूमा पहिला नै बादल छाएको छ।
दक्षिण बंगालमा बितेका केही दिनदेखिको मध्यम वर्षाको सिलसिला जारी भए पनि बिहीवारदेखि यसमा अझ तीव्रता आउने सम्भावना व्यक्त गरिएको छ। मौसम विभागले पुरुलिया, पश्चिम बर्धमान, बीरभूम र दक्षिण 24 परगना जिल्लामा घना वर्षाको अलर्ट जारी गरेको छ। यस अतिरिक्त उत्तर र दक्षिण 4 परगना, नदिया, मुर्शिदाबाद, पूर्व औ पश्चिम बर्धमान जिल्लामा पनि वर्षामा वृद्धि हुनेछ।
शनिवार बीरभूम, मुर्शिदाबाद, नदिया, हुगली र दुवै 24 परगना समेत न्यूनतम आठवटा जिल्लाहरूमा भारी वर्षाको निम्ति यल्लो अलर्ट जारी गरिएको छ। शुक्रवार र शनिवार तीव्र हावा सहित मेघ गर्जनबीच वर्षा हुनसक्छ विशेष तटीय तथा नदी किनारका क्षेत्रहरूमा।
कोलकाताको वातावरणमा नमीको स्तर 83-देखि 95 प्रतिशतबीच रहेको कारणले बाफिएर बेहाल हुनेछ। आगामी 24 घण्टामा कोलकातामा आंशिक रूपमा बादल छाउने सम्भावना छ भने एक-दुई पटक मेघ गर्जनसितै वर्षा हुनसक्छ।
उत्तर बंगालका हिमाली जिल्लाहरू दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार तथा कुचबिहारमा लगातार घना वर्षा हुने सम्भावना छ। यी जिल्लाहरूमा बिहीवारदेखि शनिवारसम्म विशेष रूपमा तीव्र वर्षा हुने पूर्वानुमान लगाइएको छ।
यसको साथै बंगालको खाड़ीमा समुद्रको स्थिति खराब अवस्थामा छ जसबाट मछुआराहरूलाई आगामी आदेश नआउञ्जेलसम्म समुद्रमा नजाने सल्लाह दिइएको छ।
बंगालको खाड़ीमा निर्मित कम दबाव अहिलेघरि झारखण्ड तर्फ बढ़िरहेको छ भने मनसुनको अक्षरेखा श्रीगंगानगर हुँदै झारखण्ड, छत्तीसगढ़, दिघा औ पूर्व-मध्य बंगालको खाड़ीसम्म फैलिएको छ। यस प्रणालीको अभावबाट राज्यभरि नै शुक्रवार र शनिवार वर्षाको तीव्रता चरममा रहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा