-यस मामिलामा अहिलेसम्ममा दशजना आरोपीहरूलाई पक्राउ गरिसकिएको छ
कोलकाता, 4 जुलाई (हि.स.)। नादिया जिल्लाको कालीगञ्जमा भएको उपचुनाउको परिणामपछि हिंसक उत्सव अवधि भएको बम विस्फोटमा 13 वर्षीय बालिकाको मृत्यु भएको थियो। पुलिसले यस मामिलामा तत्काल कारबाही गर्दै धेरै जना आरोपीहरूलाई पक्राउ गरेको थियो। यसै क्रममा थप अर्को आरोपीलाई पुलिसले पक्राउ गरेको छ। यस पक्राउपछि यस मामिलामा पक्रा पर्ने आरोपीहरूको संख्या दश पुगेको छ।
पुलिसका एक जना वरिष्ठ अधिकारीले शुक्रवार बताए, आरोपीलाई गए राति नदिया जिल्लाको पलाशी क्षेत्रबाट पक्राउ गरिएको हो। शुक्रवार उसलाई अदालतमा पेश गरिनेछ। यस मामिलामा मोठ 24 जना मानिसहरू विरूद्ध प्राथमिकी दर्ता गरिएको छ। अन्य आरोपीहरूको खोजी जारी छ।
घटना गत 23 जूनमा नादिया जिल्लाको मोलंद गाउँमा त्यसबेला भएको थियो जतिबेला कथित रूपमा तृणमूल समर्थकहरूद्वारा विधानसभा उपचुनाउको परिणाम घोषणा हुन अगावै विजय जुलूस निकालिँदैथ्यो। यसै अवधि बम पालियो जसमा एक जना 13 वर्षीय बालिकाको ज्यान गयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा