सिलगढ़ी, 04 जुलाई (हि.स.)। सड़क सुरक्षा सप्ताह अन्तर्गत सिलगढ़ी मेट्रोपोलिटन पुलिसले दिनहुँ जनजागरण मूलक कार्यक्रम आयोजना गरिरहेको छ। यसै क्रममा शुक्रवार सिलगढ़ी जंक्शन ट्राफिक गार्ड परिसरमा रक्तदान शिविरको आयोजना गरियो जसको उद्घाटन सिलगढ़ी पुलिसका कमिश्नर सी. सुधाकरले गरे। रक्तदान मात्र नभएर आम मानिसहरूको लागि पनि नि:शुल्क स्वास्थ्य जाँच औ नेत्र जाँच शिविरको पनि आयोजन गरियो जसमा सिलगढ़ी जंक्शन ट्राफिक गार्डका पुलिसकर्मी तथा सिभिक भोलन्टियर सहित आम जनताले स्वेच्छाले रक्तदान गरे।
यस कार्यक्रममा सिलगढ़ी पुलिस कमिश्नर सी सुधाकर, डीसीपी विश्वचाँद ठाकुर, एसीपी, जंक्शन ट्राफिक गार्डका आईसी सहित पुलिसकर्मी उपस्थित थिए। यस अवसरमा पुलिस कमिश्नर सी सुधाकरले भने, सड़क सुरक्षा सप्ताह अन्तर्गत केही कार्यक्रमहरू आयोजना भइरहेका छन्। यसै क्रममा सिलगढ़ी जंक्शन ट्राफिक गार्डमा कार्यक्रमको आयोजन गरियो। उनले मानिसहरूसित यातायात नियमहरूको पालन गर्ने अनि अन्यलाई पनि यसप्रति जागरूक गर्ने अपील गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा