कोलकाता, 04 जुलाई (हि.स.)। राज्य मेडिकल काउन्सिलद्वारा मेडिकल पञ्जीकरणलाई रद्द गरिएको विरोधमा तृणमूल कंग्रेसका पूर्व राज्यसभा सांसद अनि डाक्टर शान्तनु सेनले शुक्रवार कलकत्ता उच्च अदालतको ढोका ढक्ढकाए। न्यायमूर्ति अमृता सिंहको पीठ समक्ष उनले याचिका दर्ता गरी स्पष्ट पारे, उनले यस फसेलालाई सहजै स्वीकार गर्ने छैनन्।
शान्तनु सेनले भने, मेरो परिश्रमबाट हासिल गरिएको रजिस्ट्रेशनलाई यदि कुनै षड़यन्त्र अन्तर्गत खोस्ने चेष्टा गर्छ भने म हात बाँधेर बस्छु र? बस्दिनँ। म कानूनी सल्लाह लिन्छु अनि जित हासिल गर्नेछु।
एक दिनपूर्व राज्य मेडिकल काउन्सिलले उनको डाक्टर पञ्जीकरणलाई दुई वर्षको लागि निलम्बन गरिदिएको थियो। आरोप छ, उनले ‘एफआरसीपी ग्लासगो’ नामक विदेशी डिग्रीको उल्लेख बिना पञ्जीकरण गरेका थिए। काउन्सिलको दाबी छ, यो डिग्री एक मानद डिग्री हो जसान्तर्गत चिकित्सकीय प्र्याक्टिस गर्ने अनुमति हुँदैन। काउन्सिलले यस सम्बन्धमा ग्लासगो मेडिकल संस्थानलाई ई-मेल पनि पठायो, तर अहिलेसम्म जवाफ आएको छैन।
शान्तनु सेन जो पहिला कोलकाता नगरनिगममा तृणमूलका पार्षद औ पछि राज्यसभा सांसद रहिसकेका छन्,-लाई पछिल्लो एक वर्षदेखिको पार्टीबाट निलम्बन गरिदिएको छ। यो निलम्बन आर.जी. कर मेडिकल कलेजमा भएको कथित अनियमितता तथा तत्कालीन प्राचार्य सन्दीप घोषविरूद्ध उनले गरेको खुलासापछि भएको थियो। सन्दीप घोष हाल जेलमा थुनिएका छन्।
------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा