मन्त्री उप्रेतीले आधुनिकीकृत खाद्य सडकको उद्घाटन गरे
मन्त्री उप्रेतीले आधुनिकीकृत खाद्य सडकको उद्घाटन गरे


गान्तोक, 04 जुलाई (हि.स.)। सिक्किम सरकारको ग्रामीण विकास विभाग मन्त्री अरुण उप्रेतीले आज राजधानीको नामनाङमा नवनिर्मित खौगाली (आधुनिकीकृत खाद्य सडक) को उद्घाटन गरे। यो पहल इट राइट इण्डिया क्याम्पेन अन्तर्गत भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरणको राष्ट्रव्यापी अभियानको एक भाग हो, जसको लक्ष्य देशभरि सुरक्षित, स्वच्छ र स्वस्थ सडक खाद्य प्रवर्धन गर्नु रहेको बताइएको छ।

उद्घाटन कार्यक्रममा गान्तोक नगर निगमकी उपमेयर, पार्षदगण, शहरी विकास विभागका सचिव, स्वच्छ भारत अभियानका परियोजना निदेशक, स्वास्थ्य विभागका अधिकारीहरू आदि उपस्थित थिए।

राष्ट्रिय स्वास्थ्य मिशन, सिक्किम, भारत सरकारद्वारा वित्त पोषित यस परियोजनाको लागत एक करोड रूपियॉं बताइएको छ। यसको निर्माण स्वास्थ्य विभाग र गान्तोक नगर निगमले संयुक्त रूपमा गरेको हो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande