गान्तोक, 04 जुलाई (हि.स.)। सिक्किम पुलिसले एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ। पक्रा पर्ने व्यक्तिको नाम शिव गुरुङ बताइएको छ। पुलिसले आरोपीबाट ब्राउन शुगर जफत गरेको छ।
पुलिस रिपोर्ट अनुसार, मूल रूपमा अप्पर सदाम र अहिले बोझोघारी बस्दै आएका शिव गुरुङलाई 36.24 ग्राम ब्राउन शुगरको साथमा पक्राउ गरियो। आरोपी व्यक्तिलाई गान्तोकको टाशीभ्यू पोइन्टस्थित ट्याक्सी पार्किङबाट सदर पुलिस टीमले पक्राउ गरेको बताइएको छ।
आरोपी व्यक्ति विरुद्ध एनडीपीएस अधिनियम अन्तर्गत मामिला दर्ता गरिएको छ। गान्तोक जिल्ला पुलिस जिल्लामा लागूपदार्थ दुरुपयोग र ओसारपसारको खतरा विरुद्ध लड्न प्रतिबद्ध रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल