एसडीएफ पार्टीको पाकिम जिल्लास्तरीय समिति गठन
एसडीएफ पार्टीको पाकिम जिल्लास्तरीय समिति गठन


गान्तोक, 04 जुलाई (हि.स.)। एसडीएफ पार्टीको इन्दिरा वाइपासस्थित पार्टी मुख्य कार्यालयमा बिहिवार एसडीएफ पाकिम जिल्लास्तरीय सभा नवनिर्माण समितिको नेतृत्वमा सप्पन्न भयो। सभाको अध्यक्षता विजय प्रधानले गरेका थिए। सभामा पार्टी नेतृत्वहरू डीएन सापकोटा, कर्मा टासी भोटिया, आमोस आर लेप्चा, सरबोधन राई, निरु सेवा, सकुन गुरुङ, कोमल चामलिङ, दिव्य कला शर्माको उपस्थिति रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

पाकिम जिल्लाका पार्टी कार्यकर्ताहरूको उपस्थिति आयोजित सभामा व्यापक छलफलपछि पाकिम जिल्लाको लागि पूर्ण जिल्ला समिति गठन गरियो। सभामा पार्टी नेताद्वय निरु सेवा र देव गुरुङले नवनिर्वाचित कार्यकर्ताहरूलाई पदको दायित्व र संगठनको जिम्मेवारी सम्बन्धमा मार्गदर्शन गरे।

सभामा आफ्नो अध्यक्षीय सम्बोधन राख्दै विजय प्रधानले नवनिर्वाचित सदस्यहरूलाई बधाई दिए। उनले सबैले कॉंधमा कॉंध मिलाएर पार्टीलाई कसरी अघि लैजान सकिन्छ भन्ने विषयमा जिल्ला समितिका सदस्यहरू गम्भीर बन्नुपर्ने आह्वान गरे। उनले सिक्किम र सिक्किमेको भविष्य हाम्रो क्रान्ति भएको हुँदा हामी सिक्किमे जनताप्रति जवाफदेही बन्नुपर्छ भन्दै सबैलाई जिम्मेवारीका साथ काम गर्न आह्वान गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande