डाँडा गाउँदेखि लिङदिङसम्म आईसीएआर सडक विस्तार कार्यको निरीक्षण
डाँडा गाउँदेखि लिङदिङसम्म आईसीएआर सडक विस्तार कार्यको निरीक्षण


गान्तोक, 05 जुलाई (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष मार्गनिर्देशनमा अप्पर तादोङ समष्टि अन्तर्गत डाँडा गाउँदेखि लिङदिङसम्म आईसीएआर सडक विस्तार कार्यको आज सिक्किम सरकारका मन्त्रीहरू जीटी ढुङ्गेल, भोजराज राई, पिन्छो नामग्याल लेप्चा र पुरण कुमार गुरुङले संयुक्त निरीक्षण गरे। भ्रमणको अगुवाई क्षेत्र विधायक तथा मन्त्री ढुङ्गेलले गरेका थिए।

यो सडक विस्तार कार्य स्थानीय मानिसहरूको लामो समयदेखिको माग रहेको थियो भने वर्तमान एसकेएम सरकारले सो माग पूरा गरिदिएको बताइएको छ। यसरी सडक विस्तार गरिएपछि खुशी व्यक्त गर्दै स्थानीयवासीहरूले मुख्यमन्त्री, सडक एवं पुल विभागका मन्त्री एनबी दाहाल तथा क्षेत्र विधायक जीटी ढुङ्गेलप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande