चेन्नई, 08 जुलाई (हि.स.)। तमिलनाडूको कडलूर जिल्लामा मंगलवार विल्लुपुरम- मयिलादुथुरई एक्सप्रेस ट्रेनले रेलवे क्रसिङमा एक स्कूल भ्यानलाई ठक्कर दियो। जसमा दुई स्कूली छात्र सहित तीन जनाको मृत्यु भयो। दक्षिण रेलवेले घटनाको जाँच शुरू गर्दै भ्यान चालकलाई दोषी ठहर गऱ्यो। चालकले नै ट्रेन आएको देखेरपनि ट्र्याक पार गर्ने प्रय़ास गऱ्यो। यसका साथै रेलवे क्रसिङ गेटम्यानलाई बर्खास्त गरिएको छ।
रिपोर्ट्स अनुसार, दुर्घटनामा छह छात्र र भ्यान चालक घाइते भए, जसलाई कडलूर सरकारी अस्पतालमा भर्ती गराइयो। दुर्घटनामा ज्यान गुमाउने दुई छात्रहरूको पहिचान निवास (12) र डी. चारुमति (16) को रूपमा गरिएको छ जबकि 55 वर्षीय अन्नादुरै नामक व्यक्तिको बिजुलीको तारसित सम्पर्कमा आउँदा मृत्यु भयो।
तमिलनाडूको कडलूर जिल्लामा भएको ट्रेन दुर्घटनाको जाँचमा ठूलो खुलासा भएको छ। दक्षिण रेलवे अनुसार, भ्यान चालकले गेटम्यानसित बारम्बार गेट पार गर्ने भन्यो तर गेटम्यानले गेट बन्द गर्ने प्रयास गऱ्यो। गेटम्यानले गेट बन्द गर्न अगावै भ्यान चालकले गेट पार गर्ने प्रय़ास गर्दा यो दुर्घटना घट्यो।
हिन्दुस्थान समाचार / भवानी थामी