कलकत्ता विश्वविद्यालको नयाँ एडभाइजरीः 170 वटा कलेजहरूको लागि कड़ा दिशानिर्देश जारी गर्ने तयारी
कलकत्ता विश्वविद्यालको नयाँ एडभाइजरीः 170 वटा कलेजहरूको लागि कड़ा दिशानिर्देश जारी गर्ने तयारी


कोलकाता, 09 जुलाई (हि. स.)। साउथ कलकत्ता ल कलेजमा हालैमा भएको घटनापछि कलकत्ता विश्वविद्यालयले आफू अधिनस्थ कलेजहरूलाई लिएर ठूलो कदम उठाउने निर्णय लिएको छ।विश्वविद्यालय प्रशासनले 170वटाभन्दा अधिक आवद्ध कलेजहरूको लागि नयाँ एडभाइजरी जारी गर्न लागिरहेको छ जसमा केही कड़ा दिशानिर्देशहरू पनि सामेल छन्।

विश्वविद्यालय सूत्र अनुसार सबै कलेज परिसरहरूमा पर्याप्त सीसीटीभी निगरानी व्यवस्था सुनिश्चित हुनेछ साथै हाजिरी रजिस्टर (अटेण्डेन्स रजिस्टर)-लाई पनि सही ढंगमा संचित गर्न अनिवार्य गरिनेछ। यस अतिरिक्त कलेज यूनियन रूम बन्दछ कि छैन, त्यसको रिपोर्ट कलेजबाट मागिनेछ। सुरक्षा व्यवस्थालाई अझ सशक्त बनाउनको लागि कलेज सुरक्षा कर्मीहरूलाई आवश्यकतानुसार प्रशिक्षण दिइनेछ।

छात्र-छात्राहरू आउने-जाने समयलाई लिएर स्पष्ट निर्देश पालन गर्न अनिवार्य गरिनेछ। प्रत्येक छात्रलाई यो बताइनेछ, उनीहरू कुन समयमा कलेजभित्र प्रवेश गर्नुपर्छ र कुन समय बाहिरिनुपर्छ।

विश्वविद्यालयको भनाइ छ, एडभाइजरी विद्यार्थीहरूको सुरक्षा एवं अनुशासनलाई कायम राख्ने उदेश्यले तयार गरिएको हो। यथाशीघ्र यसलाई सबै सम्बन्धित कलेजहरूमा पठाइनेछ। यो कदम त्यस कसबा काण्डपछि उठाइएको छ जसले राज्यभरि नै कलेज परिसरहरूको सुरक्षालाई लिएर चिन्ता उत्पन्न गरिदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande