सिलगढ़ी, 09 जुलाई (हि. स.)। सिलगढ़ीको बागराकोट क्षेत्रमा दुई गुटमाझ झड़प भएको कारणले व्यापक तनाउ व्याप्त भएको छ। भनिन्छ, बुधवार अपरान्ह बागराकोटका सयकड़ौं युवकहरू हातमा लौरो आदि बोकेर अचानक टिकियापाड़ा क्षेत्रमा आए।
आरोप छ, उनीहरूले पसलदेखि लिएर टोटो तथा अटोसम्म तोड़फोड़ गरिदिए। घरहरूको झ्याल-ढोका भत्काइदिए। सड़कमा हिँड़िरहेका मानिसहरूलाई पनि कुटपिट गरे। यस घटनामा एकजना महिला र बालक घाइते भएका छन् जसलाई सिलगढ़ी जिल्ला अस्तपालमा भर्ती गरिएको छ।
त्यसपछि टिकियापाड़ाका सयकड़ौं युवकहरू बागराकोट क्षेत्रमा। उनीहरूले बागराकोटभरि नै यसरी नै तोड़फोड़ गरिदिए। उनीहरूले रेलको ट्र्याकमा ढुङ्गामुड़ा गरे। घटनाको खबर पाउनसाथ सिलगढ़ी थानाबाट ठूलो संख्यामा पुलिस बल घटनास्थलमा पुग्यो। तीनैवटा क्षेत्रका पार्षदहरू पनि घटनास्थलमा पुगे। पुलिस अनि पार्षदहरू सामु पनि दुई पक्ष भिड़्न छाड़ेन। स्थितिलाई नियन्त्रण गर्नको लागि पुलिसलाई लट्ठीचार्ज गर्नुपऱ्यो। अश्रुग्यासको गोला दागियो।
स्थानीय सूत्र अनुसार दुई गुटबीच विवाद क्रिकेट म्याचलाई लिएर शुरू भएको थियो। पछि यस विवादले विकराल रूप धारण गऱ्यो। हाल घटनास्थलमा रेफलाई तैनाथ गरिएको छ। डीसीपी राकेश सिंह, सिलगढ़ी पुलिस कमिश्नर सी. सुधाकर, सिलगढ़ी पुलिस थानाका आईसी एवं अन्य वरिष्ठ पुलिस अधिकारीहरू पनि घटनास्थलमै छन्। यो समाचार लेखुञ्जेलसम्म स्थिति नियन्त्रण हुन सकेको थिएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा