नलबाड़ी (असम), 09 जुलाई (हि.स.)। नलबाड़ी जिल्लाको घोगरापार नारपारा क्षेत्रमा एउटा द्रूत गतिको बाइक दुर्घटनाग्रस्त भयो जसमा बाइक सवारको घटनास्थलमै मृत्यु भयो भने अन्य दुईजना मानिसहरू घाइते भए जसमा एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ।
पुलिसले बुधवार बतायो, गए मध्य राति बाइकमा तीनजना युवकहरू सवार भएर गइरहेका थिए। नलबाड़ी मेडिकल कलेजको सड़कमा पुगेपछि बाइक अनियन्त्रित भएर रूखसित ठोक्कियो जसले गर्दा एकजना युवकको घटनास्थलमै मृत्यु भयो। अन्य दुईजना घाइते भए। मृत युवकको पहिचान घोगरापारको कुरूबारी सुबरी निवासी समर ज्योति दासको रूपमा गरिएको छ भने गम्भीर रूपमा घाइते युवकलाई गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ। अर्को घाइते युवक अनिल दासलाई प्राथमिक उपचारपछि डाक्टरले छुट्टि दिए।
सड़क दुर्घटनामा मारिएका तथा घाइते युवकहरू गुवाहाटीमा काम गर्दछन्। बोल बमलाई लिएर तीनैजना गाउँमा आएका थिए। यसै अवधि यो दुर्घटना भयो। पुलिसले मृत युवकको शवलाई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा