गान्तोक, 09 जुलाई (हि.स.)। सिक्किम सरकारका मन्त्री सोनाम लामाले आज नयॉं दिल्लीमा विभिन्न केन्द्रिय मन्त्रीहरूसॅंग भेट गरेर सिक्किम सम्बन्धित महत्वपूर्ण विषयहरूमाथि छलफल गरेका छन्। यस क्रममा मन्त्री लामाले केन्द्रिय सञ्चार एवं डोनर मन्त्री ज्योतिरादित्य माधवराव सिन्धिया, केन्द्रिय संसदीय मामिला मन्त्री किरेन रिजिजु र केन्द्रिय जल शक्ति मन्त्री सीआर पाटिलसॅंग भेट गरेको प्रेस विज्ञप्तिमा बताइएको छ।
मन्त्री लामाले केन्द्रिय मन्त्री सिन्धियासॅंग सिक्किममा सञ्चार पूर्वाधार बढाउने, कनेक्टिभिटी सुधार गर्ने तथा जारी र भविष्यका विकास परियोजनाहरूलाई अगाडि बढाउने विषयमा चर्चा गरे।
यसैगरी, उनले केन्द्रिय मन्त्री रिजिजुसॅंग राज्य र केन्द्र सरकारबीचको समन्वयलाई सुदृढ पार्ने कुरामा जोड दिॅंदै धार्मिक, सांस्कृतिक र विकासात्मक पहलहरूसँग सम्बन्धित मामिलाहरूमाथि छलफल गरेको बताइएको छ। बैठकमा सिक्किमको अद्वितीय सांस्कृतिक सम्पदाको लागि सहकार्य र समर्थनका सम्भावित क्षेत्रहरूमाथि पनि छलफल गरियो।
यसरी नै मन्त्री लामाले केन्द्रिय मन्त्री पाटिलसॅंग राज्यमा जलस्रोत व्यवस्थापनलाई सुदृढ पार्न र राज्यमा चलिरहेका र भावी पीएचई र जल आपूर्ति परियोजनाहरूको लागि सहयोगमाथि चर्चा गरे।
हिन्दुस्थान समाचार / बिशाल