नयाँ दिल्ली, 9 जुलाई (हि.स.)। बाहिरी जिल्लाको पश्चिम विहारस्थित एक्शन बालाजी अस्पतालमा गए मंगलवार ठूलो दुर्घटना भयो। अस्पतालमा रखरखाउको कार्य गरिरहेका दुईजना श्रमिकहरूको संदिग्ध परिस्थितिमा निसास्सिएर मृत्यु भयो। मृतकद्वयको पहिचान बृजेश (26) र विक्रम (30)-को रूपमा भएको छ भने दुवै नै उप्रका थिए।
मामिलाको सूचना पाउनसाथ पश्चिम विहार ईस्ट थाना पुलिस घटनास्थलमा पुग्यो। त्यहाँ उपस्थित डाक्टरहरूले बताए, दुवैलाई अस्पतालमा ल्याउन अगावै उनीहरूको मृत्यु भइसकेको थियो।
पुलिसको शुरुआती जाँचमा थाहा लागेको छ, दुवै श्रमिकहरूले अस्पताल परिसरको कार्बन फिल्टरको मरम्मत गरिरहेका थिए। घटना गए मंगलवार साँझ भएको हो।
पुलिसका एकजना वरिष्ठ अधिकारी अनुसार काम गर्दा-गर्दै अचानक दुवै नै अचेत भएर भुइँमा लड़े। सूचना पाएर क्राइम टीम र फोरेन्सिक साइन्स लेब्रोटरी (एफएसएल)-को टीम घटनास्थलमा पुगेर निरीक्षण गऱ्यो। सम्पूर्ण स्थानको निरीक्षण गरी प्रमाण जुटायो।
पुलिसले दुवै शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। हाल पुलिसले यस मामिलामा लापरवाही अनि सुरक्षा मानदण्डलाई बेवास्ता गरेको आशंका अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा