सीबीआईले नासिकको एक रिजोर्टमा चलिरहेको साइबर ठग गिरोहको गऱ्यो पर्दाफास, 5 जना पक्राउ
सीबीआई


नया दिल्ली, 10 अगस्त (हि.स.)। केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) ले शनिवार नासिकको इगतपुरीमा चलिरहेको एक ठूलो साइबर ठग गिरोहको पर्दाफास गरेको छ। सीबीआईले गिरोहसित जोड़िएका पाँच सदस्यलाई पनि पक्राउ गरेको छ। छापामारीमा ठगीमा प्रयोग हुने धेरै समान र नगदी पनि जफत गरिएको छ।

सीबीआईले जुन ठग गिरोहको पर्दाफास गरेको छ, त्यसले रेनफरेस्ट रिजोर्टमा भाड़ामा एक परिसरबाट अवैध कल सेन्टर चलाइरहेको थियो, जहाँबाट अमेरिका, कनाडा र अन्य देशहरूका मानिसहरूलाई फोन गरेर ठगिन्थ्यो। सीबीआईले यस मामिलामा मुम्बईका छह र केही अज्ञात व्यक्तिहरू र ब्याङ्क अधिकारीहरू विरूद्ध मामिला दर्ता गरेको छ। यिनीहरूले मिलेर आफूलाई अमेजन सपोर्ट सर्विसेजको कर्मचारी बताएर फिशिङ र झूठा कल्सको माध्यमले विदेशी नागरिकहरूबाट पैसा ठगेको आरोप छ।

सीबीआई अनुसार, कल सेन्टरमा 62 कर्मचारी लाइव कलमा विदेशी नागरिकहरूलाई धोका दिइऱहेका थिए। घटनास्थलमै पाँच आरोपीलाई पक्राउ गरियो, जसको विशाल यादव, शेबाज़, दुर्गेश, अभय राज उर्फ राजा र समीर उर्फ कालिया उर्फ सोहेल छ। यिनीहरूसित सोधपुछ जारी छ र बाकीको खोज जारी छ।

सीबीआईको कारबाहीमा कल सेन्टरमा लगभग 60 जना काम गरिरहेका थिए, जसमा कल गर्ने (डायलर), जानकारी जाँच्ने (वेरिफायर) र डील पक्का गर्ने (क्लोजर) सामेल थिए। ठगीबाट प्राप्त पैसा गिफ्ट कार्ड र क्रिप्टोकरेन्सीको रूपमा लिइन्थ्यो ताकि त्यसको पत्तो कसैलाई नलागोस्।

सीबीआईको छापामारीमा 44 ल्यापटप, 71 मोबाइल फोन, धेरै डिजिटल साक्ष्य, 1.20 करोड़ रूपियाँ नगदी, 500 ग्राम सुन र लगभग एक करोड़ रुपियाँको सात लक्ज़री कार जफत गरिएको छ। जाँचमा 5000 यूएसडीटी क्रिप्टोकरेन्सी (लगभग 5 लाख रूपियाँ) र 2000 कनाडाई डलरको गिफ्ट वाउचर (लगभग 1.26 लाख रुपियाँ) को लेनदेनको पनि पत्तो लागेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande