हरिद्वार, 10 अगस्त (हि.स.)। आईआईटी रूड़कीले घातक एन्टीबायोटिक प्रतिरोधसित लड्न दवाईको खोज गरेको छ। संस्थानका शोधकर्ताहरूले एक नयाँ दवाई कम्पाउन्ड 3बी, विकसित गरेका छन्, जसले दवाई-प्रतिरोधी बेक्टीरिया विरूद्ध शक्तिशाली एन्टीबायोटिकको प्रभावशीलतालाई बहाल गर्नसक्छ।
जैव अभियान्त्रिकी विभागका प्रोफेसर रन्जना पठानियाको नेतृत्वमा आईआईटी रुड़कीका डा. मंगल सिंह र परवेज़ बख्त तथा नोर्वेजियन प्रोफेसर एनेट बायर र उनको टीमले एक नयाँ अणु तयार गरेको छ, जसले एन्टीबायोटिक मेरोपेनमको साथ मिलेर क्लेबसिएला न्यूमोनिया जनित संक्रमणको उपचार गर्दछ। क्लेबसिएला न्यूमोनिया एक सुपरबग हो, जसलाई विश्व स्वास्थ्य संगठनको शीर्ष प्राथमिकता भएका खतराहरूमा सूचीबद्ध गरिएको छ।
प्रमुख अन्वेषक प्रोफेसर रन्जना पठानियाले भनिन्, यो सफलताले विश्वको प्रमुख स्वास्थ्य चुनौतीहरूमध्ये एक, रोगाणुरोधी प्रतिरोधको निम्ति एक विश्वसनीय समाधान प्रदान गर्दछ। खोजिएको अणु β-लैक्टामेज़ जीवाणु एन्जाइमहरूलाई जीवन रक्षक एन्टीबायोटिक दवाईहरूलाई विघटित गर्नदेखि रोक्दछ। यौगिक 3b अत्यधिक विशिष्ट तथा मानव कोशिकाहरूको लागि सुरक्षित छ। परीक्षणमा यसबाट फोक्सोहरूमा जीवाणु संक्रमण उल्लेखनीय रूपमा कम भएको छ।
आईआईटी रुड़कीका निदेशक प्रो. केके पन्तले भने, बढ्दो एन्टीबायोटिक प्रतिरोधको मध्यनजर, यस प्रकारको शोध प्रभावी र सुलभ उपचारहरूका लागि एक आशाको किरण हो। यो शोध प्रतिष्ठित जर्नल अफ मेडिसिनल केमिस्ट्रीमा प्रकाशित भएको छ र आशा छ, यो सुपरबग्समाथि लक्षित भविष्यको दवाई विकास गतिविधिहरूमा महत्वपूर्ण योगदान दिनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी