मुम्बई, 31 अगस्त (हि.स.)। महाराष्ट्रका उच्च शिक्षा मन्त्री औ भारतीय जनता पार्टी (भाजपा)-का नेता चन्द्रकान्त पाटिलले मराठा नेता मनोज जारांगे पाटिललाई लक्षित गरे। उनले मनोज जारांगेको आन्दोलनलाई मराठा आरक्षणको नाममा राजनीतिक लाभ प्राप्त गर्ने प्रयास बताएका छन्।
मन्त्री चन्द्रकान्त पाटिलले आइतवार मुम्बईमा भने, मराठा आरक्षणको नाममा मनोजको आन्दोलन राजनीतिक लाभ प्राप्त गर्ने प्रयास मात्र हो। उनले भने, मराठा समाजलाई शिक्षा एवं मेडिकल प्रवेशको लागि सामाजिक तथा आर्थिक रूपमा पछौटे वर्ग (एसईबीसी)-मा आरक्षण दिइएको छ जसको लाभ मराठा समाजलाई भइनै रहेको छ। त्यसपछि पनि राज्य सरकारले मनोज जारांगेको यस आन्दोलनलाई सुल्झाउनको लागि प्रयास गरिरहेको छ।
चन्द्रकान्त पाटिलले भने, मराठा समाजप्रति कहिल्यैं पनि दलितहरूलाई जस्तो छुवाछुतको व्यवहार गरिएको छैन, त्यसैले यो समाजलाई सामाजिक रूपमा पछौटे मान्न सकिँदैन। संविधानले कुनै पनि जातिलाई पछौटे घोषणा गर्ने अधिकार पछौटे वर्ग आयोगलाई मात्र दिएको छ, शिन्दे समितिले यसमाथि निर्णय लिनसक्छ।
उनले भने, यसपूर्व मनोज जारांगेको आन्दोलनपछि मराठा समाजलाई सामाजिक तथा आर्थिक रूपमा पछौटे वर्ग (एसईबीसी)-मा आरक्षण दिइएको छ। वर्तमान आरक्षण गाउँको सरपञ्च पद र राजनीतिक आरक्षणको लागि भइरहेको छ।
उल्लेखनीय छ, मराठा आरक्षणको लागि मुम्बईकोक आजाद मैदानमा मनोज जरांगे पाटिलद्वारा शुरू गरिएको आमरण अनशन आइतवार तेस्रो दिन पनि जारी छ। आज आजाद मैदान पुगेको डाक्टरहरूको टीमले मराठा नेता मनोज जारांगेको स्वास्थ्य जाँच गऱ्यो जसमा उनको रक्तचाप तथा मधुमेह सामान्य पाइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा