तीनधारेमा महिनाव्यापी 'कुन्साङ लामे स्याल लुङ्का' दिव्य प्रवचन कार्यक्रम सम्पन्न
तीनधारेमा महिनाव्यापी 'कुन्साङ लामे स्याल लुङ्का' दिव्य प्रवचन कार्यक्रम सम्पन्न


खरसाङ, 01 सेप्टेम्बर (हि.स.)। तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बामा एक महिनाव्यापी 'कुन्साङ लामे स्याल लुङ्का' दिव्य प्रवचनको कार्यक्रम सम्पन्न भएको छ। उक्त महुनाव्यापी दिव्य प्रवचनको कार्यक्रम गत 1 अगस्त, 2025 देखि 31 अगस्त 2025 सम्म आयोजना गरियो।

तीनधारेको मिठाईडाँडास्थित पदमा छ्योलिङ गुम्बा तामाङ बुद्धिस्ट एसोसिएशनको आयोजनामा एक महिनासम्म चलेको उक्त दिव्य प्रवचनको कार्यक्रम प्रतिदिन अपरान्ह 2 बजीदेखि 4 बजीसम्म चलेको थियो, जसमा धर्म गुरु ल्हाक्पा बम्जन म्हेम्हेले प्रवचन दिएका थिए। दिव्य प्रवचनको कार्यक्रमको अन्तिम दिन साङ्गे ल्हाक्पा बम्जन म्हेम्हेको बाहुलीबाट वाङ वितरण गरिएको जानकारी प्राप्त भएको छ।

कार्यक्रममा प्रत्येक दिन साङ्गे ल्हाक्पा बम्जन म्हेम्हेले अन्य लामा म्हेम्हेहरु, म्हाणिपा संघका आनीहरु, बौद्ध धर्मावलम्बीहरु र अन्य जनसाधारणको उपस्थितिमा दिव्य प्रवचन दिएको जानकारी सह सचिव सन्तोष लामाले दिए। उनले दिएको जानकारी अनुसार, महिनाव्यापी प्रवचनको अन्तिम दिन ल्हाक्पा बम्जन म्हेम्हेलाई गुम्बाको तर्फबाट सम्मान जनाइयो।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande