बंगालमा वर्षाको सिलसिला जारी
बंगालमा वर्षाको सिलसिला जारी


कोलकाता, 31 अगस्त (हि.स.)। शरद ऋतुको आगमनसितै बंगालको मौसमले लगातार कोल्टे फेरिरहेको छ। एकातिर नीलो आकाशमा घाम हाँसिरहेको छ भने अर्कोतिर अचानक पानी परेर मानिसहरूलाई चकित पारिरहेको छ। मौसमी अक्षरेखा अहिलेघरि ओडिशा हुँदै बंगालको खाड़ीसम्म फैलिएको छ जसको सोझो प्रभाव राज्यको मौसममा परिरहेको छ। त्यसैले आगामी दिनमा वर्षा अझ बढ़्नसक्छ।

मौसमको पूर्वानुमान अनुसार आइतवार दक्षिण 24 परगना र पूर्व मेदिनीपुरमा मध्यम वर्षा हुने सम्भावना छ भने उत्तर र दक्षिण बंगालका केही भागहरूमा छरिएको वर्षा हुनसक्छ।

सोमवार वर्षा घटने सम्भावना भए पनि बाफ र गर्मीले मानिसहरू हैरान हुनेछन्। आगाामी मंगलवारदेखि मौसमी अक्षरेखा दक्षीण बंगालको नजिकमा पुग्नेछ परिणामस्वरूप कोलकाता, हावड़ा, हुगली, दुवै 24 परगना, दुवै मेदिनीपुर, झाड़ग्राम, नदिया तथा पूर्व बर्दवान जिल्लामा मेघ गर्जनसितै वर्षा हुने सम्भावना छ। बुधवार पनि घना वर्षाको सिलसिला जारी रहनसक्छ।

उत्तर बंगालमा आगमी शुक्रवारसम्म छरिएको वर्षाको सिलसिला जारी रहनेछ। आइतवार अलिपुरद्वार र जलपाईगुड़ीका केही भागहरूमा वर्षा हुने आशंका छ। तथापि दार्जीलिङ र कुचबिहार जिल्लामा वर्षा अपेक्षाकृत कम हुनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande