शिक्षक भर्ती घोटालाको सूचीमा तृणमूल पार्षद कुहेली घोषको नाम पुनः सामेल, कानूनी लड़ाईँको घोषणा
शिक्षक भर्ती घोटालाको सूचीमा तृणमूल पार्षद कुहेली घोषको नाम पुनः सामेल, कानूनी लड़ाईँको घोषणा


कोलकाता, 31अगस्त (हि.स.)। पश्चिम बंगालमा शिक्षक भर्ती भ्रष्टाचार मामिलालाई लिएर जारी विवाद अझ गहिरिएको छ। स्कूल सर्भिस कमिशन (एसएससी)-ले सुप्रीम कोर्टको दबावमा शनिवार अयोग्य शिक्षक-शिक्षिकाहरूको नयाँ सूची सार्वजनिक गऱ्यो। नाम र रोल नम्ब सहित जारी यस सूचीमा 474 औं क्रममा तृणमूल कंग्रेसेकी सोनारपुर नगरपालिकाको वार्ड नम्बर-18की पार्षद कुहेली घोषको नाम पनि सूचीमा परेको छ।

कुहेली घोष वर्तमानमा सोनारपुर चौहाटी हाई स्कूलमा इतिहासकी शिक्षिका हुन्। उनी लगातार तीन पटक तृणमूल पार्षद चयन भइसकेकी छन्। सूचीमा नाम आएपछि उनले रोष व्यक्त गर्दै स्पष्ट रूपमा भनेकी छन्, उनले यस मामिलामा कानूनी लड़ाईँ लड़्नेछन्। उनले बताइन्, “यो कुनै नयाँ विषय होइन। वर्ष 2022-मा पनि मेरो नाम आएको थियो। त्यसबेला पनि मीडियामा चर्चा भएको थियो। म जान्दछु, मैले आफ्नो योग्यताको आधारमा नोकरी पाएकी हुँ। मैले सीबीआईलाी चुनौती दिएकी थिएँ, तर उनीहरूले न त मलाई बोलाए न कुनै सूची प्रकाशित गरे। यसपालि मेरो नाम किन आयो, यो मेरो लागि पनि स्पष्ट छैन।”

कुहेली घोष पहिला प्राथमिक विद्यालयमा शिक्षिका थिइन्। पछि उनले त्यो नोकरी छोड़ेर वर्तमान पदमा कार्यभार ग्रहण गरिन्। सुप्रीम कोर्टको निर्देशानुसार उनको प्राथमिकको नोकरी बहाल हुनुपर्छ। यसबीच उनलाई गत शुक्रवार राती एउटा नयाँ परीक्षाको एडमिट कार्ड प्राप्त भयो भने दोस्रो आवेदन रद्द गरियो। यस विरोधाभासमा उनले प्रश्न उठाउँद भनिन्, यसको जवाफ सूची बनाउनेले नै दिनसक्छ। उनले बताइन्, उनले आफ्ना वकिलहरूको परामर्श लिरहेकी छन्। सोमवार नयाँ मुद्दा दर्ता गर्नेछन्।

स्मरण गराइन्छ, यस सूचीमा पर्ने कुहेली घोष मात्र होइनन् जबकि तृणमूल कंग्रेससित जोड़िएका धेरैजना प्रभावशाली नेता तथा उनीहरूको आफन्तहरूको नाम पनि यसमा सामेल छ। सूचीमा एकजना तृणमूल विधायककी छोरी तथा पूर्व मन्त्रीकी छोरीको नाम पनि सामेल छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande