श्रीनगर, 31 अगस्त हि.स.। जम्मू-कश्मीरको गँदरबल जिल्लामा आइतवार अधिकारीहरूले बताए, एकजना सैनिकको दुर्घटनावश गोली लागेर मृत्यु भयो।
अधिकारीहरूले बताए, यो घटना गए शनिवार राती त्यसबेला भएको हो जतिबेला सेनाको राष्ट्रिय राइफल्सका कन्स्टेबल छोटु कुमार मध्य कश्मीर जिल्लाको मानसबल क्षेत्रमा पुग्नसाथ एउटा ट्रकबाट हामफाले जसावधि उनको सर्भिस राइफलबाट अचानक गोली चल्यो।
अधिकारीहरूले अझ भने, उनको राइफलको ट्रिगर गल्तीले दबियो अनि कन्स्टेबल कुमारलाई गोली लाग्यो जसले गर्द उनको घटनास्थलमै मृत्यु भयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा