नयॉं दिल्ली, 01 सेप्टेम्बर (हि.स.)। शंघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनुअघि प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुतिनबीच न्यानो भेटवार्ता भएको छ। दुवै नेताले एकअर्कालाई अँगालो हालेर मित्रता देखाएका थिए। यस अवसरमा चिनियाँ राष्ट्रपति शी जिनपिङ पनि उपस्थित थिए। यो भेटले भारत-रूसको प्रगाढ सम्बन्धलाई दर्साउॅंछ।
प्रधानमन्त्री मोदीले आज शिखर सम्मेलन बाहेक रूसी राष्ट्रपति भ्लादिमिर पुतिनसँग भेट गर्नेछन्, जसमा दुवै नेताले लगभग 45 मिनेटसम्म पारस्परिक र क्षेत्रीय हितका विषयमा छलफल गर्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी