नेपालको अस्थिरतालाई केन्द्र गर्दै सीमामा एसएसबी, थाना पुलिस सहित एसटीएफ टीमको प्रतिनियुक्ति
नेपालको अस्थिरतालाई केन्द्र गर्दै सीमामा एसएसबी, थाना पुलिस सहित एसटीएफ टीमको प्रतिनियुक्ति


अररिया 12 सेप्टेम्बर(हि.स.)। नेपालमा जेन जीको प्रदर्शन र तख्ता पलट पश्चात भारत-नेपाल सीमामा सुरक्षा बढ़ाइएको छ।

अररिया जिल्लादेखि नेपालको सीमा लगभग 110 किलोमीटरमा छ जहाँ सीमा सुरक्षाको निम्ति एसएसबीका जवानहरू सहित अररिया जिल्ला अधिनस्थ सीमावर्ती क्षेत्रका आठ वटा थानो पुलिस लागिपरेको थियो भने अब सीमामा सुरक्षालाई अझ सशक्त बनाउनकोलागि एसएसबी, अररिया जिल्ला पुलिस सहित बिहार पुलिसको स्पेशल टास्क फोर्स अर्थात एसटीएफलाई पनि प्रतिनियुक्तिगरिेको छ जसले एसएसबी र स्थानीय थाना पुलिसका अधिकारी तथा बलहरूसँगसँगै भारत-नेपाल सीमामा लगातार पेट्रोलिंग गरिरहेको छ।

नेपालबाट भारतमा प्रवेश गर्नेहरूको पहिचान पत्र जाँचेर नाम, ठेगाना तथा सम्पर्क नम्बर अंकित गरेपछि मात्र प्रवेश गर्न दिरहेको छ। एसपी अञ्जनी कुमार सिंहले भारत-नेपाल सीमामा एसटीएफको प्रतिनियुक्ति भएको जानकारी गराउँदै भने, सीमामा हाई अलर्ट गरिएको छ। सीमा क्षेत्रमा एसएसबीका जवानहरू सहित आठ वटा सीमावर्ती क्षेत्रको थानाका पुलिस अधिकारी एवं बलले लगातार गस्ती गरिरहेको छ।

नेपालको जेलबाट भागेका बन्दीहरूलाई लिएर नेपाल प्रशासनसित समन्वय स्थापना गरिएको छ। नेपालको जेलबाट भागेका बन्दीहरूलाई पक्राउ गर्नको लागि बन्दीहरूको डिटेल र फोटो सम्बन्धित अधिकारीहरूसित मागिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande