दक्षिण र उत्तर बंगालको मौसम परिवर्तन हुनेछ, केही जिल्लाहरूमा घना वर्षाको पूर्वानुमान
दक्षिण र उत्तर बंगालको मौसम परिवर्तन हुनेछ, केही जिल्लाहरूमा घना वर्षाको पूर्वानुमान


कोलकाता, 12 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा दुर्गा पूजाको तयारी द्रूत गतिमा भइरहेको छ, तर मौसमले फेरि एकपटक कोल्टे फेरेको छ। पछिल्लो दिनको भीषण आद्रता अनि तापपश्चात शुक्रवारदेखि राज्यका केही भागहरूमा वर्षा हुने सम्भावना व्यक्त गरिएको छ।

मौसम विभागले बतायो, कुचबिहारदेखि ओडिशा तटसम्म एउटा निम्न दबाव रेखा निर्माण भएको छ। यसको प्रभावले उत्तर बंगालका सबै जिल्लाहरूमा आगामी मंगलवारसम्म भिन्न-भिन्न समयमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ। अलिपुरद्वार अनि कुचबिहार जिल्लामा शुक्रवारदेखि आगामी आइतवारसम्मै घना वर्षा हुने अनुमान छ।

कोलकाता सहित दक्षिण बंगालका सबै जिल्लाहरूमा शुक्रवार मध्यम वर्षा हुनसक्छ। आगामी आइतवार र सोमवार वर्षाको मात्रा र घेरा बढ़्ने सम्भावना छ। आगामी मंगलवार पनि दक्षिण बंगालमा वर्षा जारी रहनसक्छ। त्यसरी नै अन्नपूर्णा र विश्वकर्मा पूजाको दिन दक्षिण बंगालका अठवटा जिल्लाहरूमा कतै हल्कादेखि मध्यम वर्षा दर्ता गरिनेछ। तटीय क्षेत्रका दुई जिल्लाहरूमा घना वर्षा हुनसक्छ।

पानी परे पनि मानिसहरूले आद्रताबाट राहत पाउनेवाला छैनन्। कोलकातामा शुक्रवार अधिकतम तापमान 32 डिग्री औ न्यूनतम तापमान 27 डिग्री सेल्सियस रहने अनुमान छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande