बडौतमा गोली दागेर युवकको हत्या
बडौतमा गोली दागेर युवकको हत्या


बागपत, 12 सेप्टेम्बर (हि.स.)। उत्तरप्रदेशको बागपत जिल्लामा हत्याहरूको क्रम जारी छ। बिहिवार राति अज्ञात आक्रमणकारीहरूले सोनू नाम गरेको युवकको हत्या गरे। सोनूको शव नहरको पटरीमा भेटिएको छ। एएसपी बागपतले घटनास्थलमा पुगेर जाँच गरे औं शवलाई पोस्टमार्टमको निम्ति पठाए।

पुलिसले बड़ौत कोतवाली क्षेत्रको छपरौली रोड पूर्वी यमुना नहर पटरीमा बिहिवार राति एक युवकको शव भेटिएको सूचना पाएको थियो। मृतक युवकको टाउँकोमा दुई वटा गोली दागिएको थियो, जसबाट उसको मृत्यु भयो। अज्ञात आक्रमणकारीहरूले हत्या गरेर शवलाई सुनसान नहरको पटरीमा फ्याकेर भागे। स्थानीय मानिसहरूले शव देखेपछि तुरन्तै पुलिसलाई सूचना दिए।

सूचना पाउनसाथ एएसपी प्रवीण कुमार र क्षेत्राधिकारी विजय कुमार भारी पुलिस बलको साथ घटनास्थलमा पुगे। पुलिसले घटनास्थलको छानबीन गर्दै वरपर लागेका सीसीटीभी क्यामराहरूको भुटेजको जाँच गर्नु शुरू गऱ्यो। मृतकको पहिचान सोनू पुत्र सुखपाल निवासी किदवई नगर कस्बा र थाना बड़ौतको रूपमा गरिएको छ। एएसपी प्रवीण कुमारको भनाई छ, थाना बड़ौतमा मामिला दर्ता गरिएको छ, फोरेन्सिक टीमले घटनास्थलबाट केही अहम जानकारी जुटाएको छ। अग्रिम वैधानिक कारबाही जारी छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande