कोलकाता, 12 सेप्टेम्बर (हि.स.)। जादवपुर विश्वविद्यालयकी तेस्रो वर्षकी छात्रा अनामिका मण्डलको मृत्यु मामामिलाको जाँच गरिरहेको पुलिसले कुनै ठोस प्रमाण खोज्ने प्रयास गरिरहेको छ। अनामिकाको शवलाई गए बिहीवार अबेर राती विश्वविद्यालय परिसरस्थित चार नम्बर गेट नजिकै रहेको तलाउबाट उद्धार गरिएको थियो। छात्राको मृत्यु कसरी भयो, अहिलेसम्म पत्तो लाग्न सकेको छैन। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।हाल पुलिसलेयसलाई असामान्य मृत्युको मामिला मानेर जाँच गरिरहेको छ। एकजना वरिष्ठ अधिकारीले शुक्रवार हिन्दुस्थान समाचार-लाई बताए, अन्तिम पटक राती छात्रालाई तलाउ किनारमा हिँड़िरहेको सीसीटीभी क्यामरामा देखिएको छ। रहल सबै फुटेजको जाँच गरिँदैछ।
पुलिस सूत्र मुताविक गए बिहीवार राती लगभग 10:20 बजे अनामिकालाई तलाउमा अचेत अवस्थामा देखियो। घटनास्थलमा उपस्थित विद्यार्थीहरूले तुरून्त उसलाई बाहिर निकाले अनि नजिकैको केपीसी अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।
चार नम्बर गेट र यस वरपर तीन वटा सीसीटीभी क्यामरा जड़ान गरिएको छ। भनिन्छ, रातीको सम्पूर्ण घटना क्यामरामा कैद भएको हुनसक्छ। पुलिसले फुटेजको सुरक्षित जाँच शुरू गरेको छ। विश्वविद्यालय नजिक रहेको यूनियन रूम र तलाउ किनारको क्षेत्र पनि जाँचको घेराभित्र परेको छ। सूत्रको भनाइ छ, सायद छात्र उक्त मार्ग भएर शौचालय गइरहेकी थिई जहाँबाट तलाउसम्म आइपुग्ने एउटा साँघुरो गल्ली छ। त्यहाँबाट तलाउमा झरेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिँदैन। छात्राको शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। फरेन्सिक टीम पनि घटनास्थलमा आइपुग्नसक्छ।
अनामिका मण्डल जादवपुर विश्वविद्यालयको अंग्रेजी विभागमा स्नातककी छात्रा थिइन्। उनको घर उत्तर कोलकाताको बेलघरिया निमता क्षेत्रमा छ। बिहीवार विश्वविद्यालयमा आयोजित कार्यक्रममा तिनी उपस्थित थिइन्।
यस घटनाले 2023 सालको त्यस घटनालाई आलो बनाइदिएको छ जतिबेला विश्वविद्यालयको बंगला विभागको प्रथम वर्षको कजना छात्रको संदिग्ध परिस्थितिमा मृत्यु भएकोथियो। आरोप थियो, उक्त छात्र मुख्य छात्रावासमा ऱ्यागिंगकोशिकार भएका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा