कोलकाता, 14 सेप्टेम्बर (हि.स.)। जादवपुर विश्वविद्यालयकी छात्राको मृत्यु मामिलामा राष्ट्रिय महिला आयोगले संज्ञान लिएको छ। यस सम्बन्धमा आयोगले कोलकाता पुलिस आयुक्त मनोज वर्मालाई चिट्ठी लेखेर निष्पक्ष जाँचको माग गरेको छ। आयोगले शनिवार सोशल मीडिया एक्समा पोस्ट गरी बतायो, उपलब्ध तथ्यहरूको आधारमा उसले स्वतः संज्ञान लिँदै मामिला दर्ता गरेको छ। साथै विश्वविद्यालय परिसरको सुरक्षा व्यवस्थामाथि विशेष नजर राख्नु भनिएको छ। आयोगले तीन दिनभित्र कोलकाता पुलिसबाट विस्तृत रिपोर्ट मागेको छ।
घटना बिहिवार रातिको हो। विश्वविद्यालयको चार नम्बर गेट निकट स्थित झील किनारमा अचानक एक छात्राको शव तैरिरहेको भेटाइएको थियो। मृत छात्राको पहिचान अनामिका मण्डलको रूपमा गरियो, जो जादवपुर विश्वविद्यालयको स्नातक स्तरकी तृतीय वर्षकी छात्रा थिई।
छात्राहरू अनुसार, त्यस दिन ड्रामा क्लबद्वारा पार्की लट सामू एक सांस्कृतिक कार्यक्रम आयोजित गरिएको थियो। अनामिका पनि त्यसमा सामेल भएकी थिई। राति लगभग 9:55 बजी उ शौचालय जान उठी तर त्यसपछि अचानक हराइन्। केही बेरपछि उसको शव झीलमा पाइयो।
शुक्रवार साझँ पोस्टमार्टम रिपोर्ट आयो, जसमा कुनै किसिमको बिहिरी चोटको निशान छैन। रिपोर्ट अनुसार, डूबेर मृत्यु भएको हो। यद्यपि, छात्राले रस्की वा कुनै नशालु पदार्थको सेवन गरेकी थिई वा थिइनन्, यो स्पष्ट छैन। जाँचको निम्ति विसराको नमूना पठाइएको छ।
हिन्दुस्थान समाचार / भवानी थामी