गुवाहाटी, 14 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार असममा 18,530 करोड़ रुपियाँभन्दा अधिकको ढांचागत र औद्योगिक विकास परियोजनाहरूको उद्घाटन र शिलान्याअस गर्नेछन्। यसमा दरांग मेडिकल कलेज एवं अस्पताल, जीएनएम स्कूल र बी.एससी. नर्सिंग कलेज सामेल छन्।
प्रधानमन्त्रीले स्वुच्छ ऊर्जालाई प्रोत्साहन दिन र जीवाश्मं ईन्धनमाथि निर्भरता कम गर्ने उद्देश्यले आज नुमालीगढ़ रिफाइनरी लि. (एनआरएल) मा असम बायोएथेनल संयंत्रको उद्घाटन गर्नेछन्। उनले यहाँ पोलीप्रोपलीन संयंत्रको आधारशिला पनि राख्नेछन्। राजधानी गुवाहाटीमा यातायात सुविधा बढ़ाउन गुवाहाटी रिंग रोड परियोजनाको आधारशिला राखिनेछ। यस बाहेक ब्रह्मपुत्र नदीमा कुरुवा-नरेंगी पुलको शिलान्यामस हुनेछ।
यस अगाड़ी गए साझँ प्रधानमन्त्री मोदीले गुवाहाटीमा भारत रत्न सम्मानित गायक एवं संगीतकार डा. भूपेन हजारिकाको सयौं जयन्ती समारोहमा भाग लिए। यस अवसरमा उनले 100 रुपियाँको स्मा रक सिक्का को अरावरण गरे औं 21 भाषामा भूपेन हजारिकाको जीवनीको विमोचन गरे।
प्रधानमन्त्री मोदीले 13-15 सेप्टेम्बरसम्म आफ्नो तीन दिवसीय यात्राको शुरूआत शनिवार मिजोरमबाट गरे औं यसपछि उनी मणिपुर गए। त्यहाँबाट साझँ उनी असमको राजधानी पुगे। प्रधानमन्त्री 15 सेप्टेम्बरमा पश्चिम बंगालको राजधानी कोलकातामा 16औं संयुक्त कमान्डर्स कन्फ्रेन्स-2025 को उद्घाटन गरी सैन्य बलहरूका कमान्डरहरूलाई सम्बोधित गर्नेछन्। दुई सालमा एक पल्ट आयोजित हुने 16औं संयुक्त कमान्डर सम्मेलन 15 देखि 17 सेप्टेम्बरसम्म कोलकातामा आयोजित गरिँदैछ।
यसका साथै 15 सेप्टेम्बरमा प्रधानमन्त्री बिहारको दौड़ाहमा जानेछन्, जहाँ राष्ट्रिय मखाना बोर्डको शुभारम्भ गर्नेछन्। यस बोर्डले उत्पादन र नयाँ तकनीकको विकासलाई प्रोत्साहन दिनका साथै मखानाको बाजार, निर्यात र ब्रान्ड विकासलाई सुगम बनाउनेछ। प्रधानमन्त्री पूर्णियामा हवाईअड्डाको अन्तरिम टर्मिनल भवनको पनि उद्घाटन गर्नेछन्। प्रधानमन्त्री पूर्णियामा लगभग 36,000 करोड़ रूपियाँको लागतको धेरै विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नेछन्। उनले भागलपुरको पीरपैन्तीमा ताप विद्युत परियोजनाको शिलान्यास गर्नेछन्, जुन बिहारमा निजी क्षेत्रको सबैभन्दा ठूलो 25,000 करोड़ रुपियाँको निवेश हुनेछ। यस अवधि प्रधानमन्त्री 2680 करोड़ रुपियाँभन्दा अधिकको लागतको कोसी-मेची अन्तर-राज्यिय नदी सम्पर्क परियोजनाको पहिलो चरणको आधारशिला पनि राख्नेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी