मालदहमा फेरि शुटआउट, तृणमूल कार्यकर्ता हदत्याकाण्डका साक्षी ठेकादारमाथि दागियो गोली
मालदहमा फेरि शुटआउट, तृणमूल कार्यकर्ता हदत्याकाण्डका साक्षी ठेकादारमाथि दागियो गोली


मालदह, 15 सेप्टेम्बर (हि.स.)। मालदह जिल्लाको इंग्लिश बजार थाना अन्तर्गत अमृतिको कानाईपुर क्षेत्रमा गए आइतवार राति शुटआउटको घटना घटेको छ। जानकारी अनुसार केही अज्ञात उपद्रवीहरूले एक जना ठेकादारलाई लक्षित गरेर तिनीमा गोली दागे। ठेकादारलाई गम्भीर घाइते अवस्थतामा मालदह मेडिकल कलेज एवं अस्पतालमा भर्ती गरिएको छ।

घाइते व्यक्तिको नाम आतिमुल मोमेन (33) हो जो पेशाले ठेेकादार हुन् र श्रमिकहरूसित काम गर्दछन्। उनको घर अमृतिको बानिया गाउँमा छ। गए आइतवार राति अमृति पेट्रोल पम्प नजिक कानाईपुर क्षेत्रमा मोटरसाइकल सवार उपद्रवीहरूले तिनीमाथि गोली चलाएर त्यहाँबाट भागे। गोली उनको छात्तीमा लागेको छ। डाक्टरहरूले उनको स्थिति सोचनीय रहेको बताएका छन्।

स्थानीय सूत्र अनुसार आतिमुल तृणमूल कार्यकर्ता अबु कालाम आजादको हत्याका साक्षी हुन्। अबु कालाम आजादको हत्या गत 10 जुलाईमा इंग्लिश बजारको लक्ष्मीपुरमा भएको थियो। त्यस हत्याकाण्डमा लक्ष्मीपुरका तृणमूल नेता माइनुल शेख र उसको छोरालाई पक्राउ गरी जेलमा थुनिएको छ।

आतिमुलका परिवार अनि निकटवर्तीहरूको आरोप छ, उक्त हत्याकाण्डको साक्षी भएको कारणले उसलाई उपद्रवीहरूले लक्षित गरेका हुन्। तथापि अहिलेसम्म यस घटनामा को सामेल रहेको छ भन्ने कुरा स्पष्ट हुन सकेको छैन।

घटनाको सूचना पाउनसाथ इंग्लिश बजार थानाको पुलिस घटनास्थलमा पुग्यो अनि घाइते तथा प्रत्यक्षदर्शीहरूसित जाँचबुझ शुरू गऱ्यो। पुलिसले मामिलाको जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande