कारभित्र शव भेटियो
कारभित्र शव भेटियो


गुवाहाटी, 15 सेप्टेम्बर (हि.स.)। गुवाहाटी रेलवे स्टेशनको पार्किंग परिसरमा एउटा कारभित्र कार चालकको शव भेटियो। यस घटनापछि क्षेत्रमा खैलाबैला मचियो।

पुलिसले सोमवार बताए अनुसार गुवाहाटी रेलवे स्टेशनको कार पार्किंगमा कारभित्र रहेको शव त्यसबेला भेटियो जतिबेला चालकको परिवार अनि ट्राभल एजेन्सीद्वारा पुलिससित सम्पर्क गरिएको थियो। अनलाइन ट्राभल एजेन्सीको कार चालक मुक्तरपुर निवासी धिरज आइतवार बिहान गुवाहाटीको डाउन टाउनदेखि रेलवे स्टेशनसम्म यात्रीहरूलाई लिएर गएका थिए। यस अवधि परिवारको धिरजसित सम्पर्क हुन नसक्दा परिवारले यसको जानकारी ट्राभल एजेन्सीलाई दियो। ट्राभल एजेन्सी र परिवारलले धिरजको मोबाइल लोकेशन जाँच गर्दा गुवाहाटी रेलवे स्टेशनस्थित कार पार्किंगमा रहेको भेटियो। त्यसपछि पुलिसको एक टीम पार्किंगमा पुग्यो अनि पार्किंगमा रहेको कारबाट धिरजको शवलाई परिवार अनि ट्राभल एजेन्सीको उपस्थितिमा पुलिसले आफ्नो कब्जामा लियो।

शवलाई पुलिसले आफ्नो कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि गुवाहाटी मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। तथापि धिरजको मृत्यु कसरी भयो यसको जानकारी पाइएको छैन। पुलिसको भनाइ छ, पोस्टमर्टम रिपोर्ट आएपछि नै असली कारण पत्तो लाग्नेछ। घटनाको सिलसिलामा पुलिसले प्राथमिकी दर्ता गरी जाँच कार्य शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande