मनसुनको बिदाईबीच निम्न दबाव निर्मित, केही जिल्लाहरूमा घना वर्षा हुने सम्भावना
मनसुनको बिदाईबीच निम्न दबाव निर्मित, केही जिल्लाहरूमा घना वर्षा हुने सम्भावना


कोलकाता, 15 सेप्टेम्बर (हि.स.)। बंगालमा मनसुनलाई बिदा दिने समय आइसकेको छ भए पनि राज्यमा वर्षाको प्रभाव जारी रहने बताइएको छ। विश्वकर्मा पूजासम्म उत्तर अनि दक्षिम बंगालका केही भागहरूमा तीव्र वर्षा, तूफान तथा वज्रपात हुने सम्भावना कायम छ। किनभने बंगालमा निम्न दबावको सोझो प्रभाव नपरे पनि चक्रवाती परिसंचरण तथा समुद्री नमीको कारणले यो सम्पूर्ण सप्ताह नै मौसम प्रतिकूल रहनसक्छ।

सामान्य रूपमा दक्षिण-पश्चिम मनसुन आगामी 17 सेप्टेमबरदेखि फर्किन शुरू गर्छ, तर यसपालि 14 सेप्टेम्बरमै यो पश्चिम राजस्थानका केही भागहरूबाट पछि हटिसकेको छ। तथापि बंगालमा आद्रतापूर्ण हावाको कारण वर्षाको सिलसिला जारी रहनेछ।

उत्तर बंगालका दार्जीलिङ, जलपाईगुड़ी, कालेबुङ, अलिपुरद्वार तथा कुचबिहार जिल्लामा आगामी बुधवारसम्म भारी वर्षा हुने अनुमान छ। यी पाँच वटा जिल्लाहरूको लागि यल्लो अलर्ट् जारी गरिएको छ। दार्जीलिङ, कालेबुङ, कुचबिहार र उत्तर दिनाजपुरका केही भागहरूमा 7 देखि 11 सेन्टीमीटरसम्म घना वर्षा हुनसक्छ। साथै सम्पूर्ण उत्तरी क्षेत्रमा मेघ गर्जन अनि तीव्र हावा चल्ने सम्भावना छ।

अर्कोतिर दक्षिण बंगालका अधिकांश जिल्लाहरूमा आगामी केही दिनसम्म हल्कादेखि मध्यम वर्षा हुनेछ। कुनै-कुनै ठाउँमा मेघ गर्जन अनि घना वर्षा हुने आशंका छ। पुरुलिया, बाँकुड़ा, मुर्शिदाबाद, पश्चिम बर्धमान र बीरभूम जिल्लामा घना वर्षा हुनसक्छ साथै 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande