शिवसागर (असम), 15 सेप्टेम्बर (हि.स.)। शिवसागर जिल्लाकोबकोटा कोरोंगा लाइपालिंग क्षेत्रमा अवस्थितओएनजीसीको तेलको कुवामा भयानक आगो लाग्यो। सूत्रले सोमवार बतायो, यो आगो 135(2) नम्बर कुवामा लागेको हो जहाँ निजी कम्पनीले एसके पेट्रो डिलिंग कार्य गरिरहेको थियो।
अचानक भएको यस आगलागीको घटनापछि वरपरका क्षेत्रहरूमा भय व्याप्त भएको छ। घटनास्थलमै धेरवटा दमकल वाहनहरू पुगेका छन् जसले आगोलाई निभाउने प्रयास गरिरहेका छन्।
अधिकारीहरूले अहिलेसम्म कुनै प्रकारको मानवीय क्षति तथा ठूलो नोक्सानको पुष्टि गरेका छैनन्। आगलागीको कारण पत्तो लगाउन जाँज गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा