नयाँ दिल्ली, 15 सेप्टेम्बर (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेख गुप्ताले वर्ष 2025 को अन्तसम्म राष्ट्रिय राजधानीका सबै बसहरू इलेक्ट्रिक हुने बताएकी छन्। हरेक बस डिपोमा इलेक्ट्रिक चार्जिङ स्टेशन पनि हुनेछ। उनले भनिन्, दिल्लीमा 10 ‘नमो वन’ विकसित गरिनेछ, जहाँ हरित वातावरणलाई प्रोत्साहित गरिनेछ।
मुख्यमन्त्रीले यहाँ एक मीडिया संस्थानको कार्यक्रममा भनिन्, दिल्लीमा प्रदूषणलाई नियन्त्रित गर्न ‘डस्ट लिटिगेशन प्रोग्राम’ लागू गरिएको छ र हाईराइज बिल्डिंग्समा स्मोकलाई नियन्त्रित गरिने उपाय गरिँदैछ। कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघका अखिल भारतीय कार्यकारिणीको आमन्त्रित सदस्य एवं शिक्षाविद् मुकुल कानिटकर, पांचजन्यका सम्पादक हितेश शंकर समेत धेरै प्रमुख गण्यमान्य उपस्थित रहे।
मुख्यमन्त्रीले भनिन्, राजधानीमा 1200 ‘आरोग्य मन्दिर’ बनाइँदैछ, जहाँ सबै प्रकारका सुविधाहरू उपलब्ध हुनेछ। उनले केजरीवाल सरकारलाई लक्षित गर्दै भनिन्, उसले परालीलाई समाप्त गर्ने दवाई बनाउने केवल प्रचार गऱ्यो तर कुनै ठोस कदम उठाएन। यहाँसम्मकि मेडिकल स्टाफलाई पनि दिहाड़ी मजदूर सरह छोड़ियो।
उनले भनिन्, दिल्ली-एनसीआरको आधुनिक इन्फ्रास्ट्रक्चर केन्द्र सरकारको देन हो र यसको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीलाई जति धन्यवाद दिइयोस् त्यो कम हो। दिल्लीको 2.5 करोड़ जनसंख्यामा 700 झुग्गी क्लस्टर र 180 अनधिकृत कोलोनीहरू छन्, जसलाई व्यवस्थित गर्ने दिशामा काम भइऱहेको छ। साथै दिल्लीलाई आईटी, पर्यटन र शिक्षाको हब बनाउने योजनामाथि काम गरिँदैछ। दिल्लीको शक्ति उसको संस्कृति र विविधता हो, तर कमजोरी के हो भने मानिसहरूले यसलाई आफ्नो घर मानेर जिम्मेवारी निभाउँदैनन्।
गुप्ताले भनिन्, पछिल्ला सरकारहरूले अहंकारमा फण्डको सही प्रयोग गरेनन् र केवल पब्लिसिटीमाथि ध्यान दिए। दिल्लीको खून-पसीनाको कमाईले बनेको शीश महल जस्तो प्रोजेक्टमाथि पैसा बर्बाद भयो, अब हाम्रो सरकार बनेपछि त्यसमाथि लागेको मानिसहरूको पैसा ब्याज समेत असूलिनेछ। विकसित भारत 2047 को लक्ष्य तब पूरा हुनेछ जब दिल्लीमा राम्रो सड़क, राम्रो परिवहन र पर्याप्त जल आपूर्तिलाई पहिलो प्राथमिकता दिइनेछ।
हिन्दुस्थान समाचार / भवानी थामी