ग्रामीण स्तरबाटै महिला नेतृत्वलाई बढ़ाइनुपर्छ- ओम बिरला
ओम


तिरूपति, 15 सेप्टेम्बर (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरलाले महिलाहरूको भागीदारी बिना एक विकसित भारतको निर्माण सम्भव नरहेको बताएका छन्। उनले भने, केही ठाउँ स्कूल टाढ़ा भएको कारण केटीहरू शिक्षादेखि वञ्चित छन्। यस्तो स्थितिमा उनले यो सुनिश्चित गर्न चाहन्छन् कि केटीहरू तकनीकको मद्दतले शिक्षित होस्। लोकसभा अध्यक्ष बिरलाले ग्रामीण स्तरबाटै महिला नेतृत्वलाई प्रोत्साहित गर्ने वकालत पनि गरे।

लोकसभा अध्यक्ष ओम बिरला सोमवार यहाँ राष्ट्रिय महिला सशक्तिकरण सम्मेलनलाई सम्बोधित गरिरहेका थिए। आज यस राष्ट्रिय महिला सशक्तिकरण सम्मेलनको दोस्रो दिन हो। आजको सत्रमा मुख्य अतिथिको रूपमा आन्ध्र प्रदेशका राज्यपाल एवं सेवानिवृत न्यायमूर्ति अब्दुल नजीर उपस्थित रहे। लोकसभा अध्यक्ष ओम बिरलाले भने, महिलाहरूलाई सामाजिक, आर्थिक, राजनीतिक र खेल जगतमा अगाड़ी ल्याउनका लागि दुई दिवसीय विचार-विमर्श गरियो। हरेक महिला सुरक्षित र आत्मनिर्भर हुनुपर्छ। पञ्चायत स्तरमा एक कम्प्यूटर केन्द्र सुनिश्चित गरिनुपर्छ।

उनले भने, महिलाहरूले विश्वभरिमा आईटी र आर्थिक क्षेत्रहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यदि महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर भए भारत आर्थिक रूपमा विकसित हुनेछ। राज्य सरकारहरू र यी समितिहरूले गाउँको हरेक महिलालाई रोजगार उपलब्ध गराउन र उनीहरूलाई आर्थिक रूपले स्वतन्त्र बनाउनका लागि योजनाहरू बनाउनुपर्छ। यस्ता योजनाहरू हुनुपर्छ, जसबाट देशका अन्तिम महिलाले पनि परिणाम पाओस्।

ओम बिरलाले भने, पञ्चायत, नगरपालिकादेखि लिएर संसदसम्म सबैले महिलाहरूको उन्नतिको निम्ति काम गर्नुपर्छ। ग्रामीण स्तरबाट महिला नेतृत्वलाई प्रोत्साहित गरिनुपर्छ। सबै राज्यहरूमा महिला समितिहरू बनाइनुपर्छ। यदि ग्रामीण क्षेत्रहरूका महिलाहरू आर्थिक र सामाजिक आत्मनिर्भरता हासिल नगरे हामी विकसित भारतको सपनालाई साकार गर्नसक्दैनौं।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande