वक्फ संशोधन कानूनमा सुप्रीम कोर्टको फसेलाको भाजपाले स्वागत गऱ्यो
नकवी


नयाँ दिल्ली, 15 सेप्टेम्बर (हि.स.)। पूर्व केन्द्रिय अल्पसंख्यक मामिलाहरूका मन्त्री मुख्तार अब्बास नकवीले वक्फ संशोधन कानूनलाई लिएर सुप्रीम कोर्टको फसेलाको स्वागत जनाएका छन्। नकवीले सोमवार मीडियासित कुराकनीमा भने, संसदद्वारा पारित वक्फ व्यवस्थाम सुधारको निर्णय विशुद्ध रूपमा आस्थाको रक्षा र प्रशासनिक व्यवस्थाको सुधारको निम्ति हो, तर दुर्भाग्यको कुरा के हो भने केही भ्रष्ट लबीले लूटको लाइसेन्सको लीगल छूट चाहन्छन्। यसैले उनीहरूले हंगामा र काल्पनिक भ्रम फैलाउने प्रयास गरिरहेका छन्। यी ती मानिसहरू हुन्, जसले वक्फको पूरा व्यवस्थालाई आसमानी किताब बनाएका थिए, जसलाई छुनु मनाही थियो।

नकवीले भने, वक्फ बोर्डलाई लक्षित गर्ने तिनीहरू हुन्, जसले आफ्नो स्वार्थको निम्ति कानूनी छूट चाहन्छन्। तिनीहरूले वक्फ बोर्डमा भएका सुधारहरूलाई बाधित गर्न चाहन्छन्। सुप्रीम कोर्टलाई संवैधानिक दृष्टिकोणले हरेक कार्य़को जाँच गर्ने अधिकार छ। सरकारले आफ्नो पक्ष राखिरहेको छ। वक्फ कानून प्रशासनिक सुधार धार्मिक आस्थाको संरक्षणको गारन्टीको निम्ति हो। यसमा कुनै संशय छैन। यस धर्मनिरपेक्ष देशमा वक्फ बोर्ड साम्प्रदायिक आधारमा प्रवेश या नो एन्ट्रीको फार्मूला चाहन्छ। कुनैपनि अन्य धर्मको व्यक्ति यस प्रशासनिक कानूनको हिस्सा बन्न सक्दैन। धर्मनिरपेक्ष देशमा यस प्रकारको साम्प्रदायिक हमला स्वीकार गर्नु हुँदैन। संवैधानिक सुधारमा साम्प्रदायिक प्रहार गर्नु ठीक होइन।

उल्लेख्य, सुप्रीम कोर्टले वक्फ संशोधन अधिनियममाथि पूर्ण रूपमा रोक लगाउन खारेज गरेको छ। कोर्टले भनेको छ, पूरा कानूनमाथि रोक लगाउने कुनै आधार छैन। कोर्टले केही प्रावधानहरूमाथि अन्तरिम रोक लगाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande