प्रतिकूल मौसमलाई मध्यनजर गर्दै असम सरकारले जनतासित गऱ्यो अपील
प्रतिकूल मौसमलाई मध्यनजर गर्दै असम सरकारले जनतासित गऱ्यो अपील


गुवाहाटी, 16 सेप्टेम्बर (हि.स.)। असम सरकारले राज्यको प्रतिकूल मौसमलाई ध्यानमा राख्दै आम जनतासित घरदेखि बाहिर नजाने अपील गरेको छ।

सरकारले भनेको छ, विशेष आवश्यकता नपरूञ्जेलसम्म मानिसहरू घरदेखि बाहिर नजाउन्। यो अपील जनताको सुरक्षालाई ध्यानमा राखेर गरिएको हो। साथै मानिसहरूसित अनुरोध गरिएको छ, उनीहरूले सरकारको अपीललाई पालन गर्दै आफू तथा आफ्नो परिवारलाई सुरक्षित राखुन्।

यस्तो आपत स्थितिमा राज्य आपदा प्रबन्धन प्राधिकरणले 0361-1070, 0361-1079, 0361-112 औ जिल्ला आपदा प्रबन्धन प्राधिकरणले 0361-1077 सम्पर्क गर्न सक्ने बताइएको छ। ज्ञात रहोस्, मौसम विभागद्वारा आगामी तीन दिनसम्म लगातार वर्षा हुनसक्ने जसबाट मौसमको प्रतिकूल रहने सूचना दिइएको छ।

आज बिहानदेखिकै पानी परिरहेकोले गुवाहाटीका विभिन्न क्षेत्रहरूमा जलमग्न भइसकेका छन् जसले गर्दा सामान्य जनजीवन प्रभावित भएको छ। गोलाघाट जिल्लामा निपको जल विद्युत प्रकल्पका चार वटा गेटहरू खोलिएकोले दयांग नदीले विकराल रूप धारण गरेको छ। 20 वटाभन्दा अधिक गाउँहरू बाढ़ीको पानीमा डुबिसकेका छन् भने अन्य कतिपय जिल्लाहरूमा पनि बाढ़ीको स्थिति बिस्तारै उत्पन्न भइरहेको देखिँदैछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande