धार, 17 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले नारी शक्तिलाई भारतको विकासको असली आधार बताउँदै देशभरिका आमा-बहिनीहरूसित संकोच छोड़ेर स्वास्थ्य शिविरहरूमा गएर निःशुल्क जाँच गराउने अपील गरे। उनले भने, तपाईको उत्तम स्वास्थ्यभऩ्दा अधिक मूल्यवान कुनै सरकारी तिजोरी छैन।
प्रधानमन्त्रीले बुधवार मध्य प्रदेशको धारमा ‘स्वस्थ नारी सशक्त परिवार’ अभियान र ‘राष्ट्रिय पोषण माह’ को शुभारम्भ गरेपछि विशाल जनसभालाई सम्बोधित गरिरहेका थिए। उनले भने, यदि आमा स्वस्थ छन् भने पूरा परिवार स्वस्थ रहन्छ र यदि आमा बिरामी भए घरको पूरा व्यवस्था अस्त-व्यस्त हुन्छ। आज शुरू गरिएका पहलहरू केवल वर्तमान पीढ़ीको निम्ति नभएर ती नानीहरू र भावी नागरिकहरूका लागि पनि हुन्, जो अहिले जन्मिन लागेका छऩ्। नानी स्वस्थ जन्मोस्, उसको भविष्यको भलो र समृद्धिको आधार सुनिश्चित गर्नु हो। यो कार्य़ केवल एक पीढ़ीको नभएर अनगन्ती पीढ़ीहरूको आशीर्वाद हो।
मोदीले मातृ मृत्यु दर र शिशु मृत्यु दरलाई कम गर्न 2017 मा शुरू गरिएको प्रधानमन्त्री मातृ वन्दना योजनाको उल्लेख गरे। उनले बताए, पहिलो सन्तानमा पाँच हजार रूपियाँ र दोस्रो छोरीको जन्ममा छह हजार रुपियाँ सीधा लाभार्थी माताहरूको ब्याङ्क खाताहरूमा जमा गरिन्छ। अहिलेसम्म 4.5 करोड़भन्दा अधिक गर्भवती माताहरूले यस योजनाको लाभ पाएका छन् र लगभग 19 हजार करोड़ रूपियाँ सीधा उनीहरूको खाताहरूसम्म पुगेको छ।
प्रधानमन्त्रीले देशभरिका आमा-बहिनीहरूसित संकोच छोड़ेर स्वास्थ्य शिविरहरूमा गएर निःशुल्क जाँच गराउने अपील गरे। उनले भऩे, यी शिविरहरूमा कति पनि महंगो जाँच किन नहोस्, सबै निःशुल्क हुनेछ। तपाईको उत्तम स्वास्थ्यभन्दा अधिक मूल्यवान कुनै सरकारी तिजोरी छैन। तपाईको निम्ति आयुष्मान कार्ड सुरक्षा कवच हो। लाखौं क्याम्प लाग्न गइरहेको छ र म मेरा भाईहरूसित पनि आग्रह गर्छु कि तपाईहरूले आफ्ना आमा, बहिनी र छोरीहरूको स्वास्थ्य परीक्षण अवश्य गराउनुहोस्।
हिन्दुस्थान समाचार / भवानी थामी