सेवा पखवाड़ा- गृहमन्त्री शाहले दिल्लीको निम्ति 1600 करोड़को योजनाहरूको लोकार्पण र शिलान्यास गरे
शाह


नयाँ दिल्ली, 17 सेप्टेम्बर (हि.स.)। केन्द्रिय गृह मन्त्री अमित शाहले बुधवार प्रधानमन्त्री नरेन्द्र मोदीको 75औं जन्मदिनमा नयाँ दिल्लीको त्यागराज स्टेडियममा 'सेवा पखवाड़ा' अन्तर्गत दिल्लीको निम्ति 1600 करोड़ रूपियाँको विभिन्न विकास योजनाहरूको लोकार्पण र शिलान्यास गरे। यस अवसरमा दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता र दिल्ली सरकारका मन्त्री र भाजपा नेता औं कार्यकर्ताहरू उपस्थित रहे।

अमित शाहले कार्यक्रमलाई सम्बोधित गर्दै कांग्रेस नेता राहुल गान्धीको ‘भोटर अधिकार यात्रा’ लाई घुसपैठीहरू बचाऊ यात्रा बताए। शाहले भने, राहुल गान्धीलाई भारतको मतदाताहरूमाथि भरोसा छैन र उनी घुसपैठीहरूको भरोसा चुनाउ जित्न चाहन्छन्।

उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशमा तीव्र गतिमा विकास भइरहेको छ। मोदी सरकारले हरेक समय दिल्लीको कल्याणको निम्ति काम गऱ्यो तर आम आदमी पार्टी (आआप) सरकारले केन्द्रको कल्याणकारी योजनाहरूलाई दिल्लीमा लागू गरेन। दिल्लीमा भाजपा सरकार आएपछि मुख्यमन्त्री रेखा गुप्ताले लगातार कल्याणकारी योजनाहरू लागू गरिरहेकी छन्। दिल्ली सरकारले आयुष्मान भारत योजना लागू गरेर दिल्लीवासीहरूलाई ठूलो भेट दियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande