एआई भीडियोः असम कंग्रेसले भाजपाविरूद्ध दर्ता गरायो पुलिस सिकायत
एआई भीडियोः असम कंग्रेसले भाजपाविरूद्ध दर्ता गरायो पुलिस सिकायत


गुवाहाटी, 18 सेप्टेम्बर (हि.स.)। असम प्रदेश कंग्रेसले बिहीवार एआई-जनित भीडियोकाण्डमा पुलिसमा सिकायत दर्ता गराएको छ जसमा भारतीय जनता पार्टी (भाजपा)-माथि भीडियको माध्यमबाट साम्प्रदायिक भावनालाई भड़्काएको अनि कंग्रेस नेताहरूलाई बद्नाम गरेको आरोप लगाइएको छ। यो सिकायत असम प्रदेश कंग्रेस कमिटीको मीडिया विभागीय अध्यक्ष बेदब्रत बोराले दिसपुर पुलिस स्टेशनमा दर्ता गराएका छन्। सिकायतमा प्रदेश भाजपाको सोशल मीडिया सेलमा बोड़ोल्याण्ड प्रादेशिक परिषद (बीटीसी) चुनाउपूर्व आपराधिक षड़यन्त्र, साम्प्रदायिक अशान्ति बड़ाएको, समूहबीच शत्रुतालाई प्रेरित गरेको तथा आदर्श आचार संहिताको उल्लंघन गरेको आरोप लगाइएको छ।

एफआईआरमा असम प्रदेश भाजपा अध्यक्ष दिलीप सैकिया, प्रदेश सोशल मीडिया संयोजक शक्तिधर डेका औ भाजपाका डिजिटल अभियानहरूसित जोड़िएका अन्य पदाधिकारीहरूको नाम उल्लेख गरिएको छ। कंग्रेसको आरोप छ, भाजपाले गत 15 सेप्टेम्बरमा भाजपा बिना असम शीर्षकमा एउटा भीडियो अपलोड गरेको थियो जसमा मासुको पसल, मदिराको बिक्री तथा इस्लामी प्रतीकहरूको दृश्यलाई प्रयोग गर्दै असमलाई मुस्लिम बहुल देखाइएको थियो साथै आँकड़ालाई बढ़ाएर पेश गरिएको थियो जसमा 90 प्रतिशत मुस्लिम जनसंख्या देखाइएको थियो।

कंग्रेसले भन्यो, भीडियोमा आफ्नो भोट सोचेर-बुझेर चुन्नुहोस् जस्तै क्याप्शन लेखिएको थियो जसको स्पष्ट उदेश्य हो बीटीसी चुनाउपूर्व मतदाताहरूमा भय उत्पन्न गर्नु। सिकायतमा आरोप लगाइएको छ, भीडियोको उदेश्य मुसलमानहरूविरूद्ध भय तथा घृणालाई स्पष्ट रूपमा प्रोत्साहित गर्नु राहुल गान्धी र गौरव गोगोई सहित कंग्रेस नेताहरूको छविलाई धमिल्याउनु तथा असमको संवेदनशील साम्प्रदायिक ताना-बानालाई अझ बिगार्नु हो।

विवादमाथि प्रतिक्रिया व्यक्त गर्दै राज्य कंग्रेस प्रमुख गौरव गोगोईले भने, भाजपाको दुष्प्रचार गर्ने प्रयास असमिया समाजलाई प्रभावित पार्न विफल हुनेछ। गोगोईले भने, भाजपा आईटी सेलद्वारा गढ़ेका शब्द, कार्य तथा छविहरूमा असमिया समाजको सतहलाई कोपार्ने शक्ति पनि छैन। असम यस्तो राजनीतिको हकदार छ जसले मानिसहरूलाई नयाँ उचाईँसम्म पुऱ्याउँछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande