नयॉं बजार सरस्वती शिशु विद्यालयको निर्माण कार्य युद्धस्तरमा
नयॉं बजार सरस्वती शिशु विद्यालयको निर्माण कार्य युद्धस्तरमा


गान्तोक, 18 सेप्टेम्बर (हि.स.)। विद्या भारती सिक्किमद्वारा सोरेङ जिल्ला अन्तर्गत नयॉं बजारमा सञ्चालित सरस्वती शिशु विद्यालयको हाल मर्मत एवं निर्माण कार्य युद्धस्तरमा चलिरहेको छ। उक्त कार्य अभिभावकगण, नयॉं बजार जोरथाङ नगर परिषद एवं विद्या भारती परिवार र शुभचिन्तकहरूको सहयोग एवं मार्गदर्शनमा चलिरहेको संस्थाका संयोजक मोहन शर्माले बताएका छन्।

विद्यालय सञ्चालन समितिका अध्यक्ष गोविन्द लोहागणको देखरेखमा मर्मत एवं निमार्ण कार्य चलिरहेको छ। संस्थाले यस श्रेष्ठ एवं राष्ट्रिय कार्यमा सबैको सहयोगको अपेक्षा गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande